अस्पताल बेच्ने मुडमा अभिनेतृ करिश्मा मानन्धर, तर कुन ?

नेपाली चलचित्रकी अभिनेतृ करिश्मा मानन्धरले अस्पतालको गाडी दुरुपयोग गरेको भन्दै आलोचना भएको छ। मानन्धरले गाडीमा यात्रा गरिरहेको एक तस्बिर बिहीबार सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको छ । अरुले नै चलाएको गाडीको पछाडि बसेको फोटो फेसबुकमा हाल्दै लेख्नुभएको छ–पैसाले झुठो कुरा किन्न सकिएला मान्छेको मन जित्न समय र विस्वास खर्चिनुपर्छ । जुन किनेर पाइँदैन।

उक्त गाडीको पछाडि अंग्रेजी अक्षर ‘एच’ लेखिएको देखिन्छ । ‘एच’ लेखेको गाडी चिकित्सक स्वास्थ्यकर्मीले मात्रै चढ्न् पाउने भन्दै किन दुरुपयोग गरेको भनेर धेरैले प्रतिक्रिया दिएका छन् । एक व्यक्तिले व्यंग्य गर्दै प्रश्न सोधेका छन्–दिदी सुटिङमा होर ? किन ‘एच’ लेखेको गाडीको सदुपयोग गर्नु भा हो ?

‘गाडी चढन पाउछ तर त्यो ‘एच’ लेखेको गाडी स्वास्थ्यकर्मी र अस्पतालको लागि मात्र हो । आफ्नो गाडी हो भने ‘एच’ हटायर चढ्न पाउँछ’ अर्का एक व्यक्तिले सुझाव दिएका छन् ।

गाडीमा ‘एच’ राखेपछि कोभिडको समयमा चेकमा नपर्ने भएकाले राखिएको हो भन्ने निष्कर्ष पनि प्रतिक्रियामा आएका छन् । स्वास्थ्यकर्मी र अस्पतालबाहेकले गाडी प्रयोग गर्दा कानुनविपरीत हुने सुझाव मान्नधरलाई आएका छन् ।

आफूलाई आएको प्रतिक्रियाको जवाफ दिँदै आफूहरुको अस्तपाल रहेको जानकारी करिश्माले दिनुभएको छ । शर्मा विरोध त्रिपाठी नाममा फेसबुक प्रयोगकर्तालाई जवाफ दिँदै उहाँले भन्नुभएको छ, ‘हाम्रो अस्पताल छ भाइ, त्यो हामी बेच्न खोजिरहेका छौँ । के मैले सबै प्रश्नको जवाफ दिइरहनुपर्छ ?’

आफ्नो कुन अस्पतालको हो ।  भन्नेबारेमा भने करिश्माले केही खुलाउनुभएको छैन।