धर्मान्तरणको डढेलोले नेपाली पहिचान कमजोर हुँदैछ : कमल थापा

काठमाडौं २९ जेठ । राप्रपा नेपालका अध्यक्ष नेता कमल थापाले पाठ्यपुस्तकमा ‘ई’अक्षर बुझाउन प्रयोग गरिएको धार्मिक प्रसंग नेपालमा बढ्दो धर्मान्तरणको प्रभाव भएको बताएका छन् ।

विश्वमा सर्वाधिक तिव्रगतिमा धर्मान्तरण हुने देशहरूमा नेपाल १ नंम्बरमा परेको भन्दै अध्यक्ष नेपाले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।

धर्मान्तरणको डढेलोले नेपाली पहिचान कमजोर नहुने दावी गरेका उनले सामाजिक सद्भाव र एकता खलबलिँदै गएको समेत जनाएका छन् ।

यस विषयमा सरकार, दलहरु समयमै सचेत हुन समेत उनले आग्रह गरेका छन् ।
उनले भनेका छन् , ‘पाठ्यपुस्तकमा ुईुअक्षर बुझाउन प्रयोग गरिएको धार्मिक प्रसंग नेपालमा बढ्दो धर्मान्तरणको प्रभाव हो।विश्वमा सर्वाधिक तिव्रगतिमा धर्मान्तरण हुने देशहरूमा नेपाल १ नंमा छ।धर्मान्तरणको डढेलोले नेपाली पहिचान कमजोर हुँदैछ।सामाजिक सद्भाव र एकता खलबलिँदै छ।यसवारे सरकार, दलहरु समयमै सचेत बनौँ’