किन चिसियो बालेन र झाँक्रीको सम्बन्ध ?

काठमाडौं । काठमाडौंमा फोहोर उठ्न छोडेको एक महिनाभन्दा धेरै समय बित्यो । सिसडोल र बञ्चेरडाँडाबासीले अवरोध गरेपछि एकसाता यता तनावग्रस्त अवस्था बन्यो।

तथापी बिहिबार मध्यरात र आज भएका दुई वार्ताले फोहोर उठ्ने वातावरण बनेको छ । तर फोहोर उठ्न पाएको छैन, संघ र स्थानीय सरकारबीच कस्ले जस लिने भन्ने टकराव सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहिबार अपरान्ह भेटवार्ता गरेपछि काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले मध्यरातमा नुवाकोट र धादिङका स्थानीय जनप्रतिनिधिसँग सहमति गरे ।

सिसडोल र बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न अवरोध नहुने गरि उनीहरुबीच१८ बुँदे सहमति भयो । सहमतिपत्रमा मेयर शाहसहित नुवाकोटको ककनी गाउँपालिका १ र २ का वडाध्यक्ष र धादिङको धुनिवेँसी नगरपालिका १ र २ का वडाध्यक्षले हस्ताक्षर गरेका छन् ।

उनीहरुबीच फोहोरको ढुवानी दीर्घकालका लागि रातिको समयमा गर्ने र प्रभावित क्षेत्रलाई महानगरबाट बजेट विनियोजन गर्ने सहमति भएको छ । र मुआब्जा वितरण लगायतका मागमा सम्बन्धित मन्त्रालय तथा निकायसँग पहल गर्न महानगरले सहमति जनाएको छ ।

शुक्रबार बिहानै सार्वजनिक सहमति अनुसार नै फोहोरमाथिको अवरोध हटेको छ । अपरान्ह फोहोरका सयौं कन्टेनर लिएर मेयर बालेन्द्र शाह आफै सिसडोलसम्म पुगे । विगतचारदिनदेखिको तनावग्रस्त अवस्थालाई चिर्दै पुनः एकपटक सिसडोलबासीले काठमाडौंको फोहोर र मेयर शाहलाई स्वागत गरे ।

तर, यता सहमति बाझिँयो । संघीय सरकार र स्थानीय सरकारसहमति र सम्झौताका विषयमा एक रहन सकेनन् । अवस्था कतिसम्म देखियो भने, सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले स्थानीय सरोकार समिति र जनप्रतिनिधिसँग तय गरेको वार्तामा महानगरका मेयर र उपमेयर सहभागि नै भएनन् ।

मन्त्रालयबाट बोलावट आएपनि अन्तिममा अरुलाई किन जस दिने रु महानगर चनाखो बन्न खोजेपछि यता मन्त्री झाँक्रीले स्थानीयसँग छुट्टै सहमति गरेकी छिन् ।तत् मागमा सहमति जनाउँदै आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धतासमेत जनाएकी छिन् ।

तर विगतका अभिव्यक्तिले प्रभावित क्षेत्रका जनताको भावनामा ठेस पु¥याएको भन्दै मन्त्री झाँक्रीसँगवार्तामा सहभागि स्थानीय प्रतिनिधि निकै आक्रोशित देखिए । यसअघि १० अर्बको बाग्रेनिङ गर्ने स्थानीयसँग वार्ता नहुने बताउँदै

आएकी मन्त्री झाँक्रीले फोहोर व्यवस्थापनलाई झनै गिजोल्ने काम गरेकी थिइन् । तर बोलीको ठेगान नभएपछि मन्त्रीले पनि माफी माग्नुपर्छ भन्ने सिकाइलाई ध्यान दिएर मन्त्री झाँक्रीले आफुलाई सच्याउँदै माफीसमेत मागिन् । मन्त्री झाँक्रीको वार्तामा काठमाडौंका माननीय गगन थापा, भीमशेनदास प्रधान र काँग्रेस प्रवक्ता प्रकाशशरण महतसहित नुवाकोटका सांसदहरुको समेत सहभागिता थियो ।

तर यही वार्तालाई मेयर शाहले महत्व नदिएपछि मन्त्री र मेयरबीच तुष देखिएको अर्थमा समेत टिप्पणी आइरहेका छन् । यता वार्ताबाटफोहोर व्यवस्थापनका लागि संसदीय समिति नै बनाउने निर्णय गरेको छ ।काठमाडौंको फोहोर फाल्दा प्रभावित हुने जग्गा एकिन गरी अधिग्रहण सुरु गर्न सहरी विकास मन्त्रालय र संघर्ष समितिबीच सहमति भएको छ ।

काठमाडौंको फोहोर व्यवस्थापनका लागि दुवैथरि वार्तामा सहमति भएपनि यो दीर्घकालिन समाधान भने होइन । यसका लागि छिट्टै गृहकार्य आवश्यक छ, जुन निकै चुनौतीपूर्ण छ । तर फोहोर सिसडोलसम्म नपुग्दै यता जस लिने होडबाजी चलेको देखिन्छ ।

अब प्रधानमन्त्री देउवा र बालेनको सहकार्यमा फोहोर व्यवस्थाप भयो की रु मन्त्री झाँक्रीको अग्रसरतामा भएको वार्ताले समाधान दियो रुफोहोर व्यवस्थापनका यी दुई प्रश्नबीच भोलि फेरि फोहोरी राजनीति हुने पक्का देखिएको छ ।