बेरोजगार युवाहरुलाई खुसीको खबर, बालेनले दिनेभए यस्तो रोजगार

युवा अवस्थामै काठमाडौँ महानगरपालिकाको मेयर बन्न सफल भएका बालेन शाहले युवाहरुका लागी गजबको योजना ल्याउँन लागेका छन् । युवा लक्षित विशेष कार्यक्रम काठमाडौँ महानगरपालिकाको निती तथा कार्यक्रममै समावेश गरेर ल्याउँने तयारी गरिएको छ । आगामी आर्थिक बर्षका लागी काठमाडौँ महानगरपालिकाको निती तथा कार्यक्रम निर्माणका लागी तीन सदस्यीय समितीनै निर्माण भइसेकेको छ ।

निती तथा कार्यक्रममा बालेनले युवाहरुका लागी आइडिया बैँक स्थापना गर्ने निती ल्याउँन लागेका छन् । युवाहरुको क्षमता र रुचिलाई पहिचान गर्न काउन्सिलिङ सेन्टर स्थापना गर्ने उनीहरुको रुचि अनुसारको तालिम दिएर सिड मनी समेत उपलब्ध गराएर उधमशिलतमा जोड्ने कार्यक्रम काठमाडौँ महानगरपालिकाले ल्याउँने भएको छ ।

त्यत्ति मात्रै होइन महानगरभित्रका सरकारी काम विहानैबाट हुनेगरी नीति तथा कार्यक्रम ल्याइँदै छ। सरकारी कार्यालयमा सीसीटीभी जडान, सरकारी प्रक्रियाको अनुगमन र फिल्टर गर्न स्थानीय जनतासँग मेयरको मासिक वडा बैठकको व्यवस्था गरिने बालेन्द्रको भिजन छ।

बालेन्द्रले विहानदेखि राति १० बजेसम्म सरकारी कार्यलय खोली ट्राफिक व्यवस्थापन गर्ने बताउँदै आएका छन्। रातिको समयमा सरकारी कामसँगै व्यापार व्यवसाय सुचारु राख्दा काठमाडौंमा सुरक्षाका लागि प्रारम्भिक चरणमा १० हजार सीसीटीभी जडान गरिने बालेन्द्रको भिजनलाई नीति तथा कार्यक्रममा कसरी समावेश गर्ने भन्नेबारे समितिले काम गरिरहेको स्रोतले बतायो।

काठमाडौँको निती तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको बारेमा पनि विशेष कार्यक्रम आउँने भएको छ । प्रत्येक वडामा नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ क्लिनिक सुरुवात गरिने शाहले चुनावअघि प्रतिवद्धता जनाएका थिए। सोही अनुसारको निती बन्न लागेको खबर छ ।

अस्पतालको पूर्वाधार र स्वास्थ्यकर्मीको सेवा सुविधामा वृद्धि हुने र महानगरको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरु सुचारु हुने बालेनको भिजनमा उल्लेख छ। त्यस्तै, एमालेको घोषणापत्रमा पनि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने उल्लेख थियो।

७० वर्ष माथिका वृद्धको निःशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरिने बालेन्द्र र एमाले दुवैको घोषणापत्रको भाव रहेकाले नगरबासीको स्वास्थ्य अवस्था पहिचानका लागि हेल्थ कार्ड सिस्टम अवलम्बन गरिने नीति आगामी आर्थिक वर्षको महानगरको कार्यक्रममा समावेश हुने स्रोतले बतायो।

कांग्रेसको संकल्पमा पनि स्वास्थ्य प्रणालीको विकास गर्दै सबै वडाहरुमा रोकथाम, परीक्षण, उपचार र पुनर्स्थापना गर्ने विषय नीति तथा कार्यक्रममा स्थान पाउने महानगर स्रोतले बतायो।

महानगरले वडा र नगरपालिका स्तरहरुमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्न छ। जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता प्रमाणपत्र जस्ता फारमहरुको लागि सबै अनलाइनबाटै आवेदन दिन सक्ने कार्यक्रम ल्याइँदैछ। जग्गा कर, घरबाहाल कर, कम्पनी कर लगायत सबै अनलाइनबाट हुनेछन्। अनलाइनबाट भएका कामको प्रमाणपत्र होम डेलिभरी गर्ने कार्यक्रम समावेश हुनेछन्।

मेयर बालेन्द्र शाहले घोषणापत्र बमोजिम कल सेन्टर स्थापना गरिसकेका छन्। अब कल सेन्टर मार्फत भौतिक पूर्वाधार एम्बुलेन्सद्वारा सडक, ढल जस्ता पूर्वाधारको मर्मत गर्ने कार्यक्रम आउँदैछ। सम्पदाको निर्माण तथा पुननिर्माण उपभोक्ता समिति मार्फत हुनेछन्।

त्यस्तै, एमालेको घोषणापत्रमा भएको सडक, ढल, फुटपाथ, सडक बत्ति आदिजस्ता नियमित मर्मत तथा व्यवस्थापन गर्न ¥यापिड एक्सन टिम परिचालन गर्ने नीति समावेश हुने छन्।

सबै वडा र टोल स्तरमा सार्वजनिक शौचालय, बस स्टपमा फल्चा स्थापना गर्ने कार्यक्रम आउँदैछन्। फायर ब्रिगेड पुग्न नसक्ने साँघुरो गल्लीमा ओभर हेड ट्यांकी र फायर हाइड्रन्टहरु स्थापना गर्ने बालेन्द्रको भिजनलाई पनि कार्यक्रमका रुपमा ल्याउने महानगरको तयारी छ।

महानगरभित्र चल्ने सबै यातायात कम्पनीलाई एउटै छाटा संगठनमा ल्याउने महत्वाकांक्षी योजना समावेश हुँदैछ। यातायाततर्फ काठमाडौंको ट्राफिक चाप कम गर्न कार्यालय समयको विभाजन गरिनेछ। महानगरभित्र अब विद्युतीय सार्वजनिक यातायात मात्रै सञ्चालन गरिने, सार्वजनिक यातायातमा जीपीएस र सीसीटीभी जडान अनिवार्य हुने गरी कार्यक्रम सार्वजनिक ल्याइँदैछ।

महानगरभित्र अव्यवस्थित पार्किङकालागि भवनहरु भाडा लिएर बहुतले पार्किङमा परिणत गर्ने बालेन्द्रको योजना छ। महानगरले आफ्नै ट्याक्सी एप, सार्वजनिक यातायात एप र मासिक प्रिपेड कार्डको सुरुवात गर्दै छ।

त्यस्तै एमालेको घोषणा पत्रमा भएको पैदलयात्रु मैत्री, रानीपोखरी देखी दसरथ रंगशालासम्मको गुरुयोजना कार्यन्वयन, स्मार्ट स्ट्रिट लाइट लगायत योजना नीति तथा कार्यक्रम समावेश गर्ने बताएका छन्। कांग्रेसले पनि सडक पूर्वधार पैदलयात्री मैत्री बनाउने रहेको छ।