यी हुन् सलमानलाई गोली हान्ने सार्पसुटर, जसले सलमानलाई उनकै घर अगाडी घण्टौँ कुरेर बसेका थिए, तर भाग्यले बाँचे सलमा

काठमाडौं

भारतीय सुपरस्टार सलमान खानको ह त्या प्र यास भएको छ ।

सलमानमाथी गोली हानेर ह त्या प्रयास भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा सलमानमाथी आ क्रम णको प्रयास गरेको बताइन्छ ।

सलमानविरुद्ध पनि पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही सार्पसुटर लागीपरिरहेको टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले विशोष प्राथमिकताका आधारमा यो खबर छापिरहेका छन् ।

स्रोतका अनुसार सार्पसुटर सलमानको घरबाहिर नै पुगेका थिए ।

लरेन्स बिस्नोइ ग्याङबाट आफूलाई कुनै खतरा नभएको भन्दै सलमान शुक्रबार बिहान घरबाहिर साइक्लिङमा निस्किएको र उक्त समुहले सोही समयमा आक्रमण गरेको बताइएकोृ छ ।

जोखिम बढेको भन्दै सलमानको सुरक्षालाई कडा पारिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

ग्याङका एक सदस्य तथा आरोपी सिद्धेश हिरामन कम्बेललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।