यिनै हुन् आज अश्रुग्यास र गो लि प्र’हा’र बाट मृ’त्यु भएकी नविना चौधरी

काठमाडौं : बर्दियाको मधुवन नगरपालिकाको ओराली बजारमा वन्यजन्तु पीडित प्रदर्शनकारीमाथी प्रहरी द्वारा हस्तक्षेप गरि अश्रुग्यास र गो लि प्र हार बाट मृत्यु भएकी नविना चौधरीको मृत्युले निशब्द बनाएको छ । २०७९ जेठ २३ गते कक्षा १२ को परीक्षा सकेर घर फर्कदै थिइन् उनी ।

बर्दिया जिल्लामा निरन्तर रुपमा बाघको आक्रमणबाट स्थानीय बासिले ज्यान गुमाउनुपरेको छ । यो घटना स्थलका बासिन्दाको मात्र नभई हामी बर्दिया बासिको साझा समस्या हो । यस विषयमा सबै सरोकारवाला पक्ष गम्भीर हुन आवश्यक हुनुका साथै बन्यजन्तु पीडितहरुको बारेमा राज्यको यथेष्ट ध्यान जान जरुरी छ ।

त्यसैगरी  गृह मन्त्रालयले बर्दियामा सोमबार प्रहरीले चलाएको गो ली लागि एक किशोरीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ । गृहले मन्त्रालयका सहसचिव हरि प्रसाद घिमिरेको संयोजकत्वमा आज पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

‘घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हरि प्रसाद घिमिरेको संयोजकत्वमा देहाय बमोजिम समिति गठन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश प्रदान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ गृहद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

घिमिरे संयोजक रहेको समितिका सदस्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक वेद कुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव बहादुर खड्का रहेका छन् । घटनाअनुसार सोमबार विहान ८ः५० बजे बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. २ सोनाहा बस्ने अन्दाजी वर्ष ४१ की अस्मिता थारुलाई बाघले आ क्रमण गरी घाइते बनाएको थियो । घाइते अस्मितालाई उपचारको लागि नेपालगञ्ज तर्फ पठाइएको थियो ।

त्यसपछि बाघको आ क्रमण नियन्त्रण गरिनु पर्ने, तारजालीको व्यवस्था हुनु पर्ने लगायतका विभिन्न माग राखी स्थानीयहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले हुलाकी सडक–खण्डमा अवरोध गरेका थिए ।

दिउँसो ३ः४५ बजे बर्दिया राष्ट्रिय निकुञ्जबाट रेजर र सुरक्षाकर्मी सहितको टोली बाघ नियन्त्रणको लागि घटनास्थलतर्फ खटिएको थियो । सुरक्षाकर्मीहरुबाट अवरुद्ध राजमार्ग खुलाउनका लागि आवश्यक समन्वय भइरहेको अवस्थामा बेलुका ६ः१५ बजेतिर आ क्रोशित भीडले सुरक्षाकर्मीमाथि आ क्रमण गरेको थियो ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रु ग्याँस प्रयोग गर्दा समेत स्थिति नियन्त्रणमा आउन नसकेपछि हवाई फायर खोल्ने क्रममा स्थानीयवासी दुलारे थारुको छोरी नबिना थारुलाई गो ली लागेको थियो । घाइते नबिनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका गरी २० जना सुरक्षाकर्मी घाइते भएका थिए । घाइते एक जना स्थानीयवासीको नेपालगञ्ज नर्सिङ्ग होममा उपचार भइरहेको छ । सोही घटनाको छानबिन गर्न गृहले आजा छानबिन समिति गठन गरेको हो ।