कति विशाल हृदय मेयर बालेन साहको ! दुई हात जोडेर मागे माफी

काठमाडौं

काठमाडौं महानगरपालिकाबासीको मन जित्दै इतिहास रचेका यहाँका मेयर बालेन साहले फेरि एकपटक विशाल हृदय देखाएका छन् । बालेनले दुई हात जोडेर यहाँका मतदाता र बासिन्दासँग माफी मागेका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महाननगरको फोहोर छिट्टै व्यवस्थापन हुने बताउँदै अहिलेसम्म फोहोर थुप्रिएकोप्रति क्षमा मागेको छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले दुःख व्यक्त गर्दै महानगरवासीसँग क्षमा मागेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘अब फोहोर उठ्नेछ । यो सबैको लागि निस्सन्देह खुसीको खबर हो । अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुस्खका लागि क्षमाप्रार्थी छौँ ।’ उनले कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुस्ख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिएको भन्दै महानगरवासीलाई धन्यवाद दिएका छन्।

हाल महानगरभित्र थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन गरिसक्ने उनले प्रतिबद्धता जनाएका छन्। त्यसको निम्ति उनले महानगरवासीसँग सहयोग पनि माग गरेका छन्। ‘समाधान तपाईहरुको साथबिना सम्भव हुँदैन । त्यसैले हामी आग्रह गर्छौँ कि अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन्,’ उनले भनेका छन्, ‘कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ ।’

उनले अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ने बताउँदै अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गर्न महानगरवासीलाई अनुरोध समेत गरेका छन्।