मन्त्रीबाट हटाएर देखाउन माधव नेपाललाई श्रममन्त्री श्रेष्ठको चूनौति

काठमाडौं । नेकपा एकीकृत समाजावदी ले मन्त्रीहरु फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाउने निर्णय गरेपनि मन्त्रीहरुले पार्टी नेतृत्वलाई चूनौति दिएका छन् । उनीहरुले पार्टीले पूर्वाग्रह पालेर निर्णय गरेको भन्दै आफूहरु तत्काल सरकारबाट फिर्ता नहुने अडान लिएका छन् ।

हिजो बसेको सचिवालय बैठकले चार जना मन्त्रीहरुलाई फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ मन्त्रीहरु ९मन्त्रालय हेरफेरसहित० पठाउने निर्णय गरेको थियो । तर, स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भने पार्टीको निर्णय नमान्ने चेतावनी दिएका छन् ।

उनीहरुले आज विहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेका छन् । उनीहरुले अहिले बजेट भर्खरै आएको र त्यसमाथि उठेका प्रश्नको जवाफ पनि दिन नपाउँदै सरकारबाट फिर्ता बोलाउने निर्णय गर्नु गलत हुने भन्दै तत्काल मन्त्रीहरु हेरफेर नगर्न आग्रह गरेको बुझिएको छ।

श्रममन्त्री श्रेष्ठले त पार्टीमा आफूहरु १८ जना सांसद एकमत रहेको पनि दाबी गरे । उनले माधव नेपाललाई आफूहरुलाई हटाएर देखाउन चेतावनी पनि दिएका छन् । २४ सांसद रहेको नेकपा ९एकीकृत समाजवादी० मा १८ जना मन्त्रीहरुको पक्षमा रहेको उनको दाबी छ ।

पार्टीले भने अहिलेका मन्त्रीहरुलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हिराचन्द्र केसीको नाम सिफारिश गरेको छ । अहिलेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिने भन्दै सोहीअनुसार प्रधानमन्त्री देउवालाई सिफारिश गरेको छ ।