बालेन मेयर बने लगत्तै गरे कमालको निर्णय, बालेनको अथक प्रयासपछि काठमाडौँको फोहोर भोलीबाट नै उठ्ने

काठमाडौँ:

काठमाडौँ उपत्यकाको फोहोर भोलीदेखी उठ्ने भएको छ । लामो समयदेखी उठ्न नसकेको फोहोर उठ्ने भएपछि काठमाडौं बासी हर्सित भएका छन् ।

शहरी विकास मन्त्री रामकुमारी झाक्री, काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डङ्गोलसहित आन्दोलनरत बन्चरेडाडा ल्यन्डफिल्ड साइटका स्थानीयवासिन्दाका तर्फबाट सम्बन्धित पालिकाका प्रमुख को बैठकमा सहमती भएपछि भोलीबाट फोहोर उठाइने भएको हो ।

सहमती अनुसार ल्यान्डफिल्ड प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बीमा गर्ने, साउन १ गतेबाट फोहोर श्रोतमै बर्गिकरण गरेर लैजाने ब्यवस्था गर्ने, धूनिवेशी र ककनी नगरपालिकाका तीन तीन वटा वडाको यश अघिक बजेटलाई निरन्तरता दिने लगायत सहमती भएको छ ।