बालेनको निर्णयमा भीम उपाध्यायको आपत्ती

काठमाडौं । बालेनलाई काठमाडौंको मेयर बनाउन मेनरोल खेलेका पूर्वसचिव तथा अभियान्ता भीम उपाध्यायले बालेनको सबैभन्दा महत्वको निर्णयमा गम्भीर आपत्ती जनाएका छन् । उपाध्यायले मेयर बालेनलाई यो निर्णय तत्काल पुनर्विचार गर्न समेत सुझाएका हुन् ।

सिसडोलको फोहोरबाट आउने दुर्गन्ध रोक्न रसायन नहाल्न काठमाडौंका मेयर वालेन साहलाई पूर्व सचिव सुझाव दिएका छन् । उपाध्यायको यो सुझावको अधिकांशले प्रशंसा गरेका छन् ।

काठमाडौंको फोहोर व्यवस्थापन गर्ने ठाउँमा पुगेका मेयर साहले केमिकल हालेर एक हप्ताभित्र फोहोरबाट आउने दुर्गन्ध रोक्ने प्रतिबद्धता जनाएका थिए । तर पूूर्व प्रशासन उपाध्यायले भने फोहोरबाट आउने दुर्गन्ध रोक्न रसायन नहाल्न उनलाई सुझाव दिएका छन् ।

‘सिसडोलमा फोहरबाट आउने दुर्गन्ध रोक्न रसायन हाल्ने भन्ने खबर आएको छ। अहिले वर्षायाममा परेको पानीले अक्सिजन दिने भएकोले गन्हाउने त्यसै हराउनेछ। यदि गन्हाउन रोक्ने केमिकल हालेमा पनि माटो प्रदुषण हुनेछ। त्यसको सट्टा ब्याक्टेरिया हालेमा प्रदुषण पनि नहुने र गन्हाउन पनि चाँडै हट्न सक्छ। तर पानी परेका बेलामा न रसायन, न त ब्याक्टेरिया टिक्नेछ, यी दुबै सबै बगेर जानेछ, काम लाग्ने छैन, पैसा मात्र स्वाहा हुने हो।’

पूर्व सचिव उपाध्यायले फेसबुकमा लेखका छन् । पूर्व सचिव उपाध्यायले अहिले पैसा मात्र स्वाहा हुने स्पष्ट पारेका छन् । रसायन र ब्याक्टेरिया जे हाले पनि पानी परेका बेला नटिक्ने उनको ठम्याइ छ ।