झण्डा हल्लाएर कुदिरहेका बेला मन्त्री पद चट भएको सुनेपछि यस्तो नी हुन्छ यार भन्दै जंगिए किसान श्रेष्ठ !

नेकपा एमाले विभाजन गरेर बनको दल नेकपा एसबाट देउवा सरकारमा सहभागी भएका अधिकांश मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस भए पछि मन्त्री भइरहेकाहरुमा चरम असन्तुष्टि देखिएको छ ।

हुँदा खाँदाको मन्त्री पद चट भएको खबर सुने पछि सबै जना झसंग भएका छन् । लामो समय एमाले अध्यक्ष केपी ओलीको विश्वासपात्र भएर काम गरेका किसान श्रेष्ठ अन्तीममा एकाएक माधव नेपाल तिर लागेर मन्त्री भएका थिए , मन्त्री भएको छोटो समयमै पद खुस्एिको खबर सुने पछि उनी फायर भएका छन् ।

गृहजिल्ला तनुहँमा रहेका बेला एकाएक संचार माध्यमबाट मन्त्री पद चट भएको खबर सुने पछि श्रेष्ठ पार्टी अध्यक्ष माधव नेपालसँग फायर भएका छन् । खबर सुन्ने वित्तिकै उनले यस्तो पनि हुन्छ यार सोध्दै नसोधी यस्तो निर्णय गर्ने ? भन्दै बम्कीएका छन् ।

मन्त्री पद गएको बिषयमा प्रतिक्रिया दिँदै श्रेष्ठले आफुलाई अहिले सम्म आधिकारीक रुपमा जानकारी नआएको भन्दै संचार माध्यमबाट मात्रै सुनेको बताएका छन् । सल्लाह गरेरै निर्णय गरेको भए पनि हुन्थ्यो एकलौटी गर्ने ? यस्तो पारा पनि हुन्छ यार ?भन्दै उनी जंगिएका छन् ।

काठमाडौँ आए पछि साथीहरुसँग सल्लाह गरेर थप कदम चाल्ने उनले बताएका छन् । मन्त्री हुने बेलामानै मन्त्री बन्नकै लागी आफु माधव नेपाल तिर लागेको भन्दै हाकाहाकी बोलेका श्रेष्ठले हठात मन्त्री पद गएको खबर सुने पछि कडा प्रतिक्रिया दिएका हुन् । उनी मात्रै होइन एसबाट मन्त्री भएर फिर्ता हुन लागेका सबैनै असन्तुष्ट भएको खबर छ ।

‘उहाँहरूलाई बनाउँदै ६ महिनाका लागि भनेका थियौं । यो नियमित प्रक्रिया हो’, नेपालले भने । एस पार्टीबाट बनेका मन्त्रीहरुको सपथ आज हुने बताइएको छ । प्रधानमन्त्री देउवाले अहिले सम्म भने मन्त्री नियुक्त गरिसकेका छैनन् ।