लोकप्रिय गायिका शान्ति श्री परियार र कृष्ण देबकोटाको आवाजमा आयो दमदार गीत ‘जोर धाराको पानि’ लिएर आए (भिडिओ)

गायक कृष्ण देवकोटाले लोकगीत एल्वम जोर धाराको पानि बजारमा ल्याएका छन् । देवकोटाले ठाउँ विशेषको रुपमा पाल्पाको जोर धारालाई आफ्नो गीतमा समावेश गरेका छन् ।

लोक तथा लोहोरी गीतको यात्रामा जमेका पोखरेली गायक देवकोटाले सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल खण्डको सानो जोडधारा बजारलाई चिनाउने गीत माया प्रेममा आधारित मनोरञ्जनात्मक भएको बताए ।

बटौली झरैला, राम्दी झरेर,यो मायाको संसार बिचित्र, नौतुनको रेल जस्ता सर्वाधिक रुचाईएका गीत गाएका देवकोटा अहिले अमेरिका रहेका छन् । देवकोटाले जोड धाराको बटुक, चुकाउनी र माछा खाने क्रममा गीत लेखेको जानकारि दिए । ‘सन्देश दिनेभन्दा पनि परिवेश अनुसार नयाँ पुस्ताका युवा युवती नाँच्ने रमाउने गीत हाे।’ उनले भने, ‘ठाउँ चिनाउने मौलिक गीत र म्युजिक भिडियोमा मौलिक नृत्य भएकाले स्रोता र दर्शकका लागि जोर धाराको पानि मेरो पुरानो जस्तै सर्वधिक रुचिमा पर्नेमा विश्वस्त छु ।’
लोक तथा लोहोरी गीतको यात्रामा जमेकाअन्तराष्ट्रिय कलाकार मञ्च अमेरिकाका सदस्य समेत रहेका देवकोटाले यो पालि नेपाल आएर नयाँ कोशेली बजारमा ल्याएको बताए ।

काठमाडैँको राग स्टुडियोमा रेकर्ड गरिएको गीतमा शब्द र लय गायक देवकोटाको छ । गायनमा उनलाई लोकप्रिय गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । संगीत संयोजन आशिस अविरल रहेको म्यूजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् । नायक पुष्पा खड्का र जुना सुन्दासले अभिनय गरेको म्यूजिक भिडियो नवीन घर्ती मगरले सम्पादन गरेका छन् ।