बिमल डाँगीको सृजनामा भाइरल गायक सुप्रिम मल्ल र पुजा देबकोटाको आवाजमा आयो ‘हाम्रो माया चर्किएको’ (भिडियोसहित)

लोक प्रिय सर्जक बिमल डाँगी विगत धेरै लामो समयदेखि अमेरिका बसेर नेपाली गीत संगीतलाई प्रोत्साहन गरिरहेका छन् ।

अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायक सुप्रिम मल्ल ठकुरी/प्रविन बेडवाल र मिठो स्वरकी धनी गायिका रचना रिमाल/पुजा देवकोटाको समुधुर आवाजमा ‘हाम्रो माया चर्किएको’ सार्वजनिक भएको छ । सुप्रिम मल्ल ठकुरी/प्रविन बेडवाल र रचना रिमाल/पुजा देवकोटाले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक/गायिका हुन् । त्यस्तै लोक प्रिय सर्जक बिमल डाँगीले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएक छन् र मोडल अल्फाज़ शाहकी र रिचा थापाले दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएक छन्।

गीतमा बिमल डाँगीको शब्द,संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक सुप्रिम मल्ल ठकुरी/प्रविन बेडवाल र मिठो स्वरकी धनी गायिका रचना रिमाल/पुजा देवकोटाको स्वर रहेको छ। प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्यामस्वेत रसाइलीले मिक्सिङ / मास्टरिङ र बि.बि.अनुरागीले संगीत संयोजन गरेका हुन्।

बिनोद बमको निर्देशन रहेको उक्त भिडियोमा अल्फाज़ शाह/रिचा थापा/सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको अभिनय रहेको छ। मुकेश हुमागाईंले छायांकन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । बिमल डाँगीको प्रस्तुती रहेको Hamro Maya Charkiyeko ‘हाम्रो माया चर्किएको’ म्यूजिक भिडियो Bimal Dangi अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :