राजु गुरुङ र निरु शिरिष मगरको मौलिक दोहोरी गित ‘डुम्रे बजार’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा लोक तथा दोहोरी गायक राजु गुरुङ नयाँ मौलिक दोहोरी गित ‘डुम्रे बजार’ भखर्रै सार्वजनिक भएको छ । लोकप्रिय गायिका निरु शिरिष मगर र गायक राजु गुरुङको आवाजमा सजिएको उक्त गितमा गायक एवम् सर्जक गणेश गुरुङको उत्कृष्ट शब्द सृर्जना एवम् गायक गुरुङकै  लय रचना रहेको छ । प्रेमिकल जोडीहरुको माया प्रेमको विषयबस्तु झल्काईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

\दुर्गा पौडेलको उत्कृष्ट निर्देशन एवम् छांयाकनमा तयार भएको गितको म्युजिक भिडियोमा विजय पुन, उर्मिला गुरुङ, राजु गुरुङ, र स्याना गुरुङ लगायत थुप्रै कलाकारहरुको डान्सिङ्ग फिचर एवम् अभिनय रहको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई  प्रकाश धमलाले सम्पादन गरेका छन् । गितको म्युजिक भिडियो अत्यन्तै रोचक र लोभलाग्दो वनेको छ ।

गुरुआमा फिल्मस् प्रा.ली.को पोष्ट प्रोडक्सनमा तयार पारिएको उक्त गितको म्युजिक भिडियो Raju Gurung को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :