मेयर बालेनको कुलमान घिसिङसँग भेट

काठमाडौं । काठमान्डौ महानगरपालिकाका मेयर बालेन साहले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटघाट गरेका छन्।

मेयर साहले काठमान्डौ उपत्यका खानेपानी, सडक विभाग, दुरसंचारका प्रमुख व्यक्तित्वहरु सँगपनि आजै भेट्घाट गरेका छन्।

महंगो खरबुजा
संसारभरि उब्जाइने १२ सय भन्दा बढी प्रकारका खरबुजामध्ये, प्रसिद्ध डेन्सुक कालो तरबूज भन्दा महँगो वा बढी खोजिने अरु कुनै खरबुजा छैन ।होक्काइडोको उत्तरी टापुमा थोरै मात्र फलाइने डेनसुकलाई विश्वको दुर्लभ खरबुजाहरू मध्ये एक मानिन्छ । यो प्रति वर्ष लगभग १०० युनिट मात्रै फल्ने गर्छ । यो त्यो फल होइन जुन तपाईंले बजार वा किराना पसलमा पाउनुहुनेछ ।यो त यस्ता सिमित फलफूलमा समावेश छ जुन हरेक वर्ष सयौँ–हज्जरौँ डलरको बोलीमा लिलामी हुन्छ ।

इतिहासको सबैभन्दा महँगो डेन्सुक खरबुजा सन् २०१९ मा ७५०,००० जापानी येन अर्थात् लगभग ७ लाख ३४ हजार लिलामी भएको थियो ।कोभिड महामारीका कारण पछिल्ला दुई वर्षमा यसको मूल्य घटेको छ, तर कालो खरबुजा संसारमा अहिलेसम्मकै सबैभन्दा महँगो प्रजाति हो ।