सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको आवाजमा बिष्णु खत्रीको ‘परान बाँकी छ’ युटुव ट्रेनिङ्ग २ मा (भिडियोसहित)

बरिष्ठ गायक एवं अब्बल सर्जक विष्णु खत्रीको शब्द संगितमा रहेको ‘परान बाँकी छ’ नामक लोकदोहोरी गीत यतिबेला youtube ट्रेनिङको दोस्रो स्थान सम्म आएको छ । सर्जक खत्रीले गीतमा मायाप्रेमको विषयवस्तुलाई उठान गरेका छन् । गीतमा नेपालका विभिन्न जिल्लाहरुलाई सर्जक ले कलात्मक ढङ्गले चित्रण गरेका छन् । गीतले दर्शक श्रोताको अपार माया पाएका कारण अहिले प्रेमीको दुइटा नम्बरमा उक्लिएको छ । हामी लियो समाचार तयार पार्दासम्म गीतलाई युट्युबमा 5 लाख 83 हजार भन्दा धेरै दर्शक श्रोताहरुले रुचाउनुभएको छ। गीत सोमबार बिष्णु खत्री official youtube channel मा सार्वजनिक गरिएको हो ।

सँधै चर्चामै रहने बाग्लुङका सर्जक तथा गायक विष्णु खत्रीको नयाँ गीत “परान बाँकी छ” ले दर्शकको राम्रो माया पाउन सफल भएको छ । पछिल्लो समयका चर्चित बाल गायक सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको आवाज रहेको गीतमा विष्णु खत्रीले नै लय तथा शब्द सिर्जना गरेका छन । गीतको म्युजिक भिडियो सामान्य बनाइएको छ जसको निर्देशन खत्री आफैले गरेका छन ।