वसन्त विश्वकर्माको ‘रेलीमै’ सार्बजनिक (भिडियो सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा दाइजो प्रथालाई समेटेर वसन्त विस्वकर्माको ”रेलीमै” गित शुक्रबार देखि युट्युबमा सार्बजनिक भएको छ।

बिशेष गरि मधेसमा दाइजोलाई लिएर छोरी भएका बाबु आमा बढी चिन्तित हुने गरेको पाईन्छ। दाइजो दुल्हा पक्षले मागेको जति दिन नसक्दा दुलहीले आत्म हत्या गर्ने वा हत्या समेत हुने गरेको यस रेलीमै गीतको भिडिओमा देख्न सकिन्छ। वसन्त विस्वकर्मा , शान्ति श्री परियारको स्वर रहेको ” रेलीमै ” गीतको  लय प्रकाश दुतराजको र संगीत संयोजन कृष्ण भान्जाले गरेका छन् भने सब्द गायक वसन्तकोनै रहेको छ। ।

मौसम हिमालीले निर्देशन गर्नु भएको भिडियोमा गायक विस्वकर्मा , उषा उप्रेती ,शिव शरण न्यौपाने र मार्भिन मौसम दराईको अभिनय देख्न सकिन्छ। माया प्रेममा दाइजोले दिएको बाधा अड्चन भिडिओको मुख्य धार बनेको छ।

प्रिती आले संगको कुखुराको भालेको बोलको गीत बाटै चर्चामा आएका वसन्तको भागुम मायालु ,आमा , पानपाते ऐना , भन के गरु गरि आधा दर्जन भन्दा बढी गीत बजारमा आईसकेको छ। आज सम्म दर्शक श्रोताको माया र साथले नेपाली संगीतमा निरन्तर अगाडी बढिरहेको र यो नया गीत रेलीमै लै पनि उत्तिकै माया गर्नुहुनेमा आफु बिस्वस्त रहेको गायक वसन्त विस्वकर्मा बताउछन ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :