प्रहरीसँग बयानमा माल्भिका सुब्बाले के भनिन्?

काठमाडौँँ– ब्यूटी प्याजेन्टको सक्सेस पार्टीको क्रममा आयोजकले आफूमाथि बलात्कार गरेको घट्नामा तानिएकी पूर्व मिस नेपाल माल्भिका सुब्बाले प्रहरी समक्ष बयान दिएकी छिन्।

उनले महानगरीय प्रहरी परिसर टेकु पुगेर बलात्कार आरोप लागी पक्राउ परेका मनोज पाण्डेको मुद्दामा साक्षीको रूपमा बयान दिएकी हुन्।

पीडित युवतीले सार्वजनिक गरेको भिडियो अनुसार घटनाको ६ महिनापछि पाण्डेको कार्यालयमा घटनाबारे कुरा गरेर सुब्बालाई फोन गरेर जानकारी गराउँदा उनले बेवास्ता गरेको आरोप लगाएकी थिइन्।

यसबारे सुब्बाले सामाजिक सञ्जालमार्फतै उनीसँग माफी मागेर न्यायिक प्रक्रियामा सहयोग गर्ने वाचा गरेकी थिइन्।

यद्यपि उनलाई घटनाको साक्षीको रूपमा प्रहरी परिसर काठमाडौँले मंगलबार बयान लिएको हो।

बयानका क्रममा पीडित युवतीले पाण्डेमाथि लगाएको आरोप पुष्टिमा सघाउने स्रोतले बताएको छ।

स्रोतले भन्यो, ‘पीडित महिलाले भनेजस्तै आफूलाई दुर्व्यवहार गरेको भनेर त्यसबेला पीडित महिलाले फोन गरेको तर कस्ले दुर्व्यवहार गरेको भन्नेमा अन्योल भएकोले सहयोग गर्न नपाएको भनेर भन्नु भएको छ।’

पछि पाण्डेले नै युवतीलाई दुर्व्यवहार गरेको भन्ने सुनेको तर पछि युवतीसँग सम्पर्क नभएको बताएकी स्रोतले बताएको छ।

स्रोतका अनुसार उनले पीडित युवती पाण्डेले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा सहभागी भएको र उनी सक्सेस पार्टीमा समेत रहे पनि त्यो बेला भएको घटनाबारे भने आफूलाई जानकारी नभएको उनले बयानमा खुलाएकी छिन्।

आफू प्रतियोगिताको कोरियोग्राफर रहेको र कार्यक्रमको अवधिभर कसैले पनि दुर्व्यवहारबारे कुरा नगरेको उनले बयानका क्रममा बताएकी छन्।

कार्यक्रमबारे विवाद भएपछि प्रतियोगिता नै बन्द भएको र आफू पनि पाण्डेको कार्यक्रमहरूमा सहभागी नभएको उनले बताएकी छन् । थप घटनाबारे भने युवतीको भिडियो सार्वजनिक भएपछि मात्रै थाहा पाएको उनको बयानका क्रममा बताएकि छन्।

यद्यपि घटनामा भने आफ्नो संलग्नता नरहेको उनले बयान दिएकी छिन्।

ब्यूटी प्याजेन्टको क्रममा आयोजकले नै आफूमाथि बलात्कार गरेको दाबी गर्दै एक युवतीले सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गरेसँगै घट्नामा नाम जोडिएका आयोजक तथा कन्सल्टेन्सी सञ्चालक समेत रहेका मनोज पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पाण्डेलाई पक्राउ गरी अदातलबाट ७ दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ।

पाण्डेलाई नियन्त्रणमा लिएसँगै प्रहरीले सो घट्नासँग जोडिएका व्यक्तिहरुको बयान लिने, सोधपुछ गर्ने जस्ता कार्यहरु गर्दै आएको छ।

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

Follow Us