रेशम चौधरीको पार्टीले यत्रो कमाल गर्ला भनेर कसले पो सोचेको थियो होलार ?

स्थानिय तहको निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ । केहि पार्टीहरुले अपेक्षाकृत परिणाम पनि निकाल्न सकेका छैनन् भने केहि पार्टीले भने चुपचाप कमाल गर्न सफल देखिएका छन् ।

फरार अवस्थामै उमेदवारी दिएर प्रतिनिधीसभाको निर्वाचन जितेका रेशम चौधरीले अहिले स्थानिय तहको निर्वाचनमा पनि कमाल गरेका छन् । अहिले पनि थुनामा रहेका चौधरीले श्रीमतीलाई अध्यक्ष बनाएर राजनितिक दल दर्ता गरेका छन् उनको पार्टीले यो चुनावनमा आश्चर्यजनक नतिजा निकालेको छ ।

कैलाली आधार क्षेत्र बनाएको चौधरीको नागारिक उन्मुक्ती पार्टीले यस पटकको स्थानिय तहको निर्वाचनमा ल्याएको नतिजाको देशव्यापी चर्चा चलिरहेको छ । निर्वाचन अघि ठूलो तामझाम गर्ने पार्टीहरुका फुर्तीफार्ती चुनावले ठेगान लगाइदिए पनि चौधरीको पार्टीले भने विना हल्लाखल्ला गतिलो उपलब्धी हात पार्न सफल भएको छ ।

गत प्रतिनिधीसभाको निर्वाचनमा चौधरीले फरार अवस्थामैं रहेका बेला उनले निर्वाचन जित्नु धेरैका लागि ‘सरप्राइज’ घटना थियो । त्यस्तै अर्को सरप्राइज चौधरीले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि दिएका छन् ।

उनी अहिले जेलमा छन् । बाहिर पत्नि रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका छन् । सोही पार्टीले कैलालीका १३ तहमध्ये ४ तहको नेतृत्वमा बाजी मारेर जिल्लाकै ठूलो दल बन्यो ।

चौधरीको पार्टीले ४ तह जित्दा, नेपाली कांग्रेसले तीन, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले २र२ र नेकपा एकीकृत समाजवादी र स्वतन्त्रले १र१ तह जितेका छन् ।

चौधरीको पार्टीबाट टीकापुर नगरपालिकाको मेयरमा रामलाल डगौरा थारु, जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी र उपाध्यक्षमा लालमतीदेवी कठरिया, भजनी नगरपालिकाको मेयरमा केवल चौधरी र उपमेयरमा राजु तिरुवा र जोशीपुर गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर चौधरी र उपाध्यक्ष रेखादेवी कठरिया विजयी भए ।टीकापुर, जानकी र भजनीमा सत्तारूढ तीनदलीय गठबन्धनलाई नै हरायो ।