काठमाडौँ महानगरपालिकाको मत गणनामा बालेनले कटाए ५० हजार मत

काठमाडौं महानगरपालिकाको मत गणना जारी छ।

जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार मत कटाएका छन्। उनले ५० हजार ३० मत ल्याएका छन्।

अहिले वडा १३, १४, १५, १६, १७, १८, १९, २० र २१ को मत गणना भइरहेको छ।

यस्तै सिर्जना सिंह दोस्रोमा छिन्। उनले  ३०७६७ मत ल्याएकी छन् भने एमाले उम्मेदवार केशव स्थापितले ३००१५ मत ल्याएका छन्।

अहिलेसम्म १ लाख ५० हजार ५१६ मत गनिएको छ भने अझै ४० हजार ६७० भोट गन्न बाँकी छ

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.