उपमेयरमा उडेको उड्यै सुनिता डंगोल, समात्न त के कसैले छुन पनि सकेनन्

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरको उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार पुरापुरी हावी भएकी छन् ।

यतिसम्मकी उनको प्रतिद्वन्द्वी नै छैन जस्तो । हालसम्म काठमाडौं महानगरमा १ लाख ६ हजार ५१६ मत गणना गरेको भइसकेको छ ।

जसमा एमालेकी सुनिता डंगोलले उपमेयरमा ३८ हजार ३५१ मत प्राप्त गरेकी छिन्।

त्यस्तै नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत पाएका छन्।

उनले नेकपा एसका उम्मेदवारलाई २४ हजार ९२० मतले पछि पारेकी छन् ।

त्यस्तै राप्रपाकी बिनिता मगैयाले ७ हजार २३, विवेकशील साझाकी कीर्ति कंसाकारले १ हजार ६७५, नेमकिपाकी सविता श्रेष्ठले ११२ मत प्राप्त गरेका छन्।

दुई स्वतन्त्र उम्मेद्वार लौरोका बेन्जी सिंह महर्जनले ४ हजार ८ र आँखिझ्यालकी उम्मेदवार विद्या श्रेष्ठ महर्जनले ४ हजार ५१४ मत पाएका छन्।