बालेनले देशकै नेतृत्व लिन सक्छन् ?

नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनान्थ खतिवडाले बालेन शाहले देशकै नेतृत्व गर्न सक्ने बताएका छन् ।

स्वतन्त्र व्यक्तिले चुनाव जितेको राम्रो भन्दै उनले भने, स्वतन्त्र व्यक्तिहरुले पनि समाजमा स्थापीत हुने क्षमता राखेर संगठन र विचारले जनतालाई अपिल गर्न सक्ने क्षमता भएकोले आफु राजनीति दलको नेता भएको हिसाबले यदि आफुलाई ठिक ढंगले ‘करेक्सन’गर्न सकेनौं भने भोली धेरै बालेन शाहहरु जन्मीने र बालेन शाहले नेतृत्व गर्न छन्, त्यो बेलामा आफुले चित दुखाउन नमिल्ने, उनेले भने ।

एमालेको नेतृत्व केपी ओलीले आफुलाई ‘करेक्सन’ गरेको भए आज कांग्रेसले ३०६ सिटमा नगरपालिका र गाउँपालिकामा नजित्ने र पहिला राम्रोसँग महानगरमा नेतृत्व गर्न नसकेकोले राजनीतिक दलहरुले राम्रोसँग भुमिका खेल्न नसकेकोले बालेन शाह जन्मीएको,उनले बताए ।

अर्को दुःखको कुराभएको र राजनीति, दुःख, त्याग र संर्घष गर्नेहरु चाहि पाखा लाग्दै जाने एक–एक वटा करिश्मा देखाउँदै फुत्त–फुत्त जनमत आर्कषक गदै जाने प्रवृद्धिले पनि राजनीतिलाई टुंगोमा नपुर्‍याउने र त्यसलाई अराजकको दिशामा धकेल्ने खतरा हुने र राजनीतिको संस्थागत, सम्झना र स्मरण शक्तिहरु नहुने, उनले भने ।

कांग्रेस र माओवादीले गठबन्धनमा गरेको व्यवहार प्रति आफुहरु असन्तुष्टि भए पनि अझै गठबन्धनलाई बलियो बनाउने बताए । एमाले विस्तारै कमजो र बन्दै गएको छ, झन कमजोर बन्ने र अहिले एमालेसँग तालमेल नहुने र आफुहरुले माओवादी र कांग्रेसलाई गरेको विश्वासलाई उनीहरुले घातमा परिणत गरेकोले यसबाट आफुहरुले राम्रो शिक्षा लिने कांग्रेस र माओवादीलाई ठिक ठाउँमा हिडाउने, उनले बताए ।