आफ्नो नजरबाट गिर्नु नपरोस् भन्दै उदास तस्वीर पोष्ट गरिन् गायिका समिक्षा अधिकारीले

सामाजिक सञ्जालमार्फत घुमाउरोरुपमा आफ्ना भावना पोख्न थालेकी उनले ‘तिम्रोलागि मर्न पनि सक्छु मार्न पनि सक्छु’ भन्दै स्टाटस लेखेकी थिइन् ।पछि त्यसमा संशोधन गर्दै उनले यो एउटा गीतको अंश भएको उल्लेख गरेकी थिइन् ।

अहिले फेरी एउटा उदास तस्वीर पोष्ट गर्दै लेखेकी छन्, हरकोहीको नजरमा राम्रो बन्न त सकिँदैन, बस आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस ।’उनको यो यो स्टाटसमा सबैले प्रतिकृया दिइरहेका छन् ।