केपी ओलीले पनि देउवाकै नियती भोग्नुपर्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नं २ मा नेपाली काँग्रेस विजयी भएको छ । आइतबार सम्पन्न निर्वाचनमा सो वडाको प्यानलसहित नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

ओलीको घर समेत रहेको बालकोट सूर्यविनायक नगरपालिका वडा नं २ मा पर्छ । सो वडामा नेपाली काँग्रेसका प्रदीप कार्कीको प्यानल १ हजार ५११ मत प्राप्त गर्दै विजयी भएको हो ।

उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका तर्फबाट विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरे।