जननी र जन्मभूमि एउटै हुन्। अबको राजनीति देश बचावको लागि हुनुपर्छ।

समाजसेवी जानकी पन्त फेसबुक वालमा लेख्नु हुन्छ !
जननी र जन्मभूमि एउटै हुन्। अबको राजनीति देश बचावको लागि हुनुपर्छ। अबको अभियान देशको आमूलको परिवर्तनको लागि हुनुपर्छ। हामी जुनसुकै मुलुकमा रहेपनि आफु जन्मेको धर्ती सर्वोपरि हुनुपर्छ। सुबिधा र अवसर हामी नेपालीले आफ्नै माटोमा खोज्नुपर्छ। जो जहाँ बाट छ त्यतैबाट आफ्नो देशको बचावको लाई लागिपर्नुपर्छ। स्वाभिमानी नेपालीको तातो रगत कहिं स्वार्थमा लिप्त हुनु हुदैन। राष्ट्रका उर्जाशिल युवा जनशक्ति कम्जोर हुनु हुदैन। हामीले आफ्नो बौद्दिक सोच शक्तिलाई अभावले ग्रसित हुन दिन हुदैन। पार्टीगत सिद्दान्त, व्यक्तिगत भावना या अरु कुनै निहित स्वार्थ या सम्बन्ध को लोभ प्रलोभन मा परि चुनावमा कदापि हामी झुक्न या बिक्न हुदैन। जहाँ स्वार्थ सर्वोपरि सोचिदैन्, जहाँ त्याग लाई कर्तव्य मानिन्छ, जहाँ सेवालाई दायित्वको रुपमा जीवनले पुज्छ खासमा त्यहि नै असली राजनीति हो। परिभाषामा, नैतिकतामा र नियममा सुद्दता भएको राम्रो सिद्धान्त संगम सोच को कार्यन्वन नै एक असली राजनीति हो।

आखिर देशको लागि एउटा राम्रो सुहाउँदो ब्यबस्थापन के हो? असल नेता को हो? हामीले बुझ्न नसक्नुका कारण हामीमाथि सधै खराब राज को चलखेल चलिरहेकोछ। सरकारले खुलेआम जनता बेची देश चलाई रहदा पनि त्यसको हेक्का जनतालाइ छैन्। जनताहरु सधैब खराब सोच र सिद्दान्त को दास बनी रहे। खराब लाइ बढावा दिईरहे। जीवन र मृत्यु बीच फरक के हो त्यसको हेक्का समेत नराखी जनताहरु सधैब गाँस वास र कपासकै जोडजाम गर्नुलाई आफ्नो परम धर्म मान्दैरहे। आफ्नो परिश्रम लाई शरीरको आभुषण मान्दै त्यसै सेरोफेरोलाई जीवन बाँच्नुको सारमा हरदिन मरिरहे।

मात्र देशको निम्ति राजनीति नहुनुको कारण देशको लागि अभिशाप भनेको छ। हिजो सतिले सरापेको देश भन्थे भने आज राजनीतिले लुटेको देश भन्दा फरक नपर्ला। आफ्नो स्वार्थपूर्ति, कमिसन,भागबन्डा त्यसैलाई राजनीति मान्नुले आज देशको यो दुर्दशा भएको छ। नेपालमा राजनीति भ्रष्टाचार गर्नेहरुको अखाडा या नेताहरुको निजि पेशा बनेको छ। यहा खराबले राज गर्नु, कसैमाथि आभास नहुने तरिकाले अत्याचार गर्नु, झुठको खेती गर्नु, कार्यकर्तालाई भेडाबाख्रा झैँ सोचहीन प्राणी रुपमा अनुशरण गर्न लाउनु, युवा जोश पुर्णतया सेलाउन ठक्कर र चक्कर दिने चलखेल चलाउनु यहाँ को राजनीतिमा सामन्य छ । बास्तबमा देशमा व्यथिती विसंगतिलाई बढावा दिने तन्त्र, सर्वहाराको रगत चुस्ने मन्त्रलाई लाइ राजनीति को रूपमा स्वीकार गरिएको छ।

युग परिवर्तन सँगसँगै नेपालमा सासन व्यवस्थाको परिवर्तन, सँगै राजनीतिक परिवर्तन धेरै आए। लोकतन्त्र व्यवस्था को सुरुवात पछि यहाँ हजार मुहारहरु फेरिए तर अवस्था जस्ताको तस्तै रहे कारण अभावलाई त्यस्तै राखी प्रभाव तिर जोड दिई आफ्नो स्वार्थ पुरा गर्ने स्वभावका नेता भएका कारण जुन जोगि आएपनि कानै चिरेका भने जस्तै कुरा हो। यहाँ केही परिवर्तन प्रभाव त देखाए तर जुन फेसनको रुपमा मात्र देखा परे। स्वभाव परिवर्तन कहिल्यै भएन्। बहुदल ठिक भएन् भन्ने ठान्यौं र गणतन्त्र ल्यायौं। तर काम अनि नतिजा त्यही शुन्य रह्यो। भएका सबै संरचना विध्वनस पार्ने, शिक्षा स्वास्थ्य बेच्ने नीति यहाको राजनीति बन्यो। भौतिक रंगमा रमाउदै जनता बेढंगको बन्दै गए। खुशी किन्न नसकेपछि खेत बेच्ने राजनीति जनताको राजनीति भए।

धेरैले राजनीति भनेको व्यवस्था परिवर्तन लाई मात्र माने। कथित संघर्षको नाउँमा उत्पात मचाई जेलनेल खाएका, दुई शब्द बोल्न जानेका हरु नेता भए अनि जनताले तिनैलाई ठिक ठानेर नेतृत्व चयन गरे जसको परिणाम जनताले भोगेका र आत्मसाथ गरेका छन्। सरकारले देशमा व्यवस्था परिवर्तनलाई मात्र श्रेय दिदै, अभावकका कुरा गरेर, नारा, जुलुस, भाषण, प्रचारबाजि प्रभाव देखाई जनतालाई हातमा लिएर जनता लुटे, देश लुटे। जुनसुकै सरकार आएपनि आफ्नो असली स्वभाव परिवर्तन गर्न नसकेका कारण दिघो सफल हुन् सकेनन।

समय हामी भन्दा धेरै अगाडि पुगेको छ । हामी सधैब गाँस वास र कपासकै जोडजाम साथै पानी बिजुलि एवम् अन्य आधारभूत विषयमै जीवन खर्च गर्न बाध्य छौं। कतिखेर पानी आउँछ भनि कुरिबस्नु, आबादी बढेपछिको समस्या हो, हामीले गाउँ छोड्नाका कारण सहरमा विकृति बढेको यथार्थता हो। यो एक प्रकारको स्वार्थ हो जस्मा हरेकलाई सुबिधा सर्वोपरि बनेको छ। सुबिधाले संघर्षलाई निस्तेज पारेको अवस्थामा आजको युग पुगेको छ। मनुष्य स्वार्थमा भ्रष्ट भए। गाउँ छोडे, सहरमा केही सिक्ने लोभसँगसँगै देशै छोड अनि बल्ल नेपाली भए जस्तो, नेपाली हुन नेपाली माटो नै त्याग्नुपर्छ भनेझै बुझ भयो सबै लोभकै दास भए। बिदेस गएर आफ्नो जन्मभूमि बिर्सिए। नेपालमा भएकाले पनि राजनीति मेरो मेरो पेशा होइन, धर्म होईन् भन्दै चुपचाप रहे। बाँच्न गाँस बास र कपास सिवाय केही चाहिन्न भन्ने सोच्दै जन्मथलो लाइ उजाड मरुभूमि झैँ बनाए। यहाँ सरकारी जागीर हरु घुस खान लाइ मात्र भए। यी सबैको अहम् दोष भनेकै देशको दुषित राजनीति अनि भ्रस्ट क्रमचारी तन्त्र नै हो। आमूल परिवर्तनको उर्जाशिल हतियार आज स्वार्थमा डुबेको छ । त्यसको खोज जनताले गर्नैपर्छ । किनेको शिक्षाले जीबनमा केहि किन्न, अरुको गुलाम हुन मात्र सिकाउछ यो कुरा हामीले बुझ्नै पर्छ।

आउ अब हामी जनता बनी आफ्नो जन्मभूमि प्रतिको कर्तब्य निभाउ! सोचलाई शुद्ध र स्वच्छ पारी देशको लागि केहि उपलब्धि पूर्ण कार्य या स्वच्छ राजनीति गरौं। सबै मिलि देश लाइ माथि उठाउ। राजनीति मेरो पेशा होईन् भन्ने सोच हटाऊ किनकि हामी प्रतक्ष्य या अप्रतक्ष्य यसबाट अलग कहिल्यै हुन् सक्दैनौ। हामी भन्ने गर्छौ नेपाल को राजनीति ठिक छैन त्यो बाटोमा मलाई जानु छैन, मैले राजनीति गरे मेरो खेत कस्ले जोत्छ ? पँधेरो गएर पानी कस्ले गर्छ ? मेरो भन्ने भावना जनताको सर्वोपरि बन्दै जाँदा तीन दशकको युग परिवर्तनमा ८० लाख भन्दा बढी युवा बिदेश पलायन भईसके। हिजो मेरो खेत कस्ले जोत्छ भन्ने हरु आज सहरको कुनै कुनामा सुकुम्बासी सरह बनी जीबन व्यतित गर्दैछन । त्यसैले, आउ प्रण गरौ, अबको राजनीति केवल देशको निम्ति हुनुपर्छ, केवल देशको नाउमा हुनुपर्छ भन्ने हामी सबैको एकमत स्वर हुनुपर्छ। कि कसो ?? अब मेरो छोडी हाम्रो सोचौं, नेपालको सोचौ। किनकि रहुँला कहाँ नेपाली हामी नेपालै नरहे। धन्यबाद 🇳🇵🙏

#janakipantjoon #positivevibes #lovenepal #wakeupnepal #dedicatedtonepal
To be continued….