७३ साल फर्किने खतरा बढ्यो, देउवा तनावमा !

काठमाडौं । चुनावको मुखैमा प्रधानमन्त्री तथा कांग्रेस सभापती शेर बहादुर देउवाले गर्नै नहुने गल्ती गरेको भन्दै पार्टीभित्र चर्को विरोध सुरु भएको छ । नेपाल प्रहरीको महानिरीक्षक ९आइजिपी० नियुक्तिमा असन्तुष्टि जनाउँदै अतिरिक्त महानिरीक्षक ९एआइजी०द्वय विश्वराज पोखरेल र सहकुल थापा अदालत जाने तयारीमा जुटेपछि प्रधानमन्त्री देउवाको पार्टीभित्रै चर्को विरोध सुरु भएको हो ।

सरकारले वरियता मिचेर धिरजप्रताप सिंहलाई आइजिपी नियुक्त गरेपछि एआइजीद्वय अदालत जान लागेको स्रोतले जानकारी दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आइजिपी बनाउने निर्णय गरेको हो ।

उनीभन्दा सिनियर रहेका एआइजीद्वय विश्वराज पोखरेल र सहकुल थापा अदालत जाने तयारी गरेका हुन्। प्रहरीमा आइजिपीका चार जना दाबेदार थिए। विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए।

२०७७ मंसिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी०मा बढुवा भएका थिए। उनीपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा भएका थिए।

त्यस्तै गत चैतमा धिरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भएका थिए । आफूहरूभन्दा ढिला बढुवा भएका सिंहलाई आइजिपी बनाएपछि आइजिपीद्वय पोखरेल र थापा असन्तुष्ट छन्।

‘नेपाल प्रहरीको इतिहासमै यति धेरै अन्याय पूर्ण निर्णय नभएको भन्दै दुई एआईजी अदालत जाने तयारीमा रहेको प्रहरी स्रोतले जानकारी दियो । देउवा सरकारले यस अघि २०७३ सालमा पनि वरियता मिचेर आईजीपीमा बढुवा गरेको सरकारको निर्णय सर्बोच्च अदालतले बदर गरेको थियो ।

यता कांग्रेसका नेता शेखर कोइरालाले प्रहरी महानिरीक्षक नियुक्तिको विरोध गरेका छन् । वरियता र प्रक्रिय मिचेर आईजीपी नियुक्त गरिएको भन्दै उनले भनेका छन्, ‘सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एक पटक विवादमा ल्याएको छ ।’