बालेनको समर्थनमा उत्रिए रवि लामिछाने, यति गरिए बालेनले जित्ने सम्भवना ह्वात्तै बढ्ने दाबी

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको खुलेरै समर्थन जनाएका छन् । उनले त्रिपक्षीय भिडन्त गराए बालेनले जित्ने दाबी गरेका हुन् ।

कांग्रेस र एमालेबाहेकका दल र उम्मेदवारले बालेनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन उनको आग्रह छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफ्नो पक्षधरता खुलाएका हुन् । चुनावमा कांग्रेस एमाले र बालेन शाहबीच त्रिपक्षीय भिडन्त हुनुपर्ने उनले बताएका छन् ।

लामिछानेले लेखेका छन्, ‘ठूला दल कांग्रेस र एमाले एकातिर अनि विकल्प भन्दै वा खोज्दै राजनीति गरिरहेका अन्य दल र व्यक्तिहरु अर्कातिर। जनताको म्यासेज क्लियर कट रूपमा देखिनका लागि पनि काठमाडौँमा कांग्रेस र एमालेबाहेकका दल र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र युवा उम्मेदवार बालेन शाहलाई समर्थन गरी त्रिपक्षीय भिडन्तका लागि मैदान खाली गरिदिन हुन म व्यक्तिगत रुपमा अनुरोध गर्दछु।’