मिड्ल्यान्डमा गल्कोट समाज युके को क्षेत्रिय दोश्रो शाखा गठन।

एडण्वरा, स्कट्लैण्ड।

गल्कोट समाज यु के ले वेलायतमा छरिएर रहेका गल्कोटे दाजुभाइ तथा दिदीबहिनीहरु लाई एकबद्द्ता बनाई सुख दुखमा साथ सहयोग गर्ने र भाइचारा बढाउने उदेश्यका साथ गठन गरिएको सस्था छोटो समय अवधिमा साना ठुला गरि नेपाल देखि बेलायत सम्म धेरै काम गरि सकेको छ। यस सस्थाले आफ्नै गल्कोट भवन खरिद गर्ने अभिप्रायका साथ आर्थिक संकलनको पहल पनि गरिसकेको छ र संकलनको कार्यक्रम पनि निरन्तर चलिरहेको छ।

साथै वेलायत भरी रहनु भएका गल्कोटे दाजुभाइ तथा दिदीबहिनीहरू लाई एकै ठाउँमा राख्ने उदेश्यका साथ केन्द्रिय समितिले तीन शहरलाई क्षेत्रिय शाखा बनाइ काम गर्न सजिलो हुने अभिप्रायका साथ बिधानमा निर्माण गरि सकेको छ, जस अनुसार लन्डन र वल्सको लागि केन्द्रिय उपाध्यक्ष डिलराम गौतम (संयोजक) मिड्ल्याड्को लागि केन्द्रिय उपाध्यक्ष चन्द साहानि (संयोजक), स्कट्लैण्ड र नर्दन आयरल्यान्डको लागि उपाअध्यक्ष गोभिन्द कडेल (संयोजक) रहेको छ।

यसै बिधानमा रहि गत महिना स्कटल्यान्डका उपाध्यक्ष गोविन्द राम कंडेल, संस्थापक अध्यक्ष रेसम बुढाथोकी, अध्यक्ष भोजराज कंडेल र अन्य केन्द्रिय पदाधिकारी ज्युको उपस्थितिको संयोजकत्वमा ११ सदस्सियताका साथ कार्य-समिति निमाण गरिएको छ। साथै अप्रिल २५ का दिन बेलायतमा गल्कोटेहरूको बढी घनत्व रहेको मिड्ल्यान्को बर्मिंघम शहरमा मिदल्याड्का सबै शहर हरुलाइ समेट्ने गरि केन्द्रिय पदाधिकारीहरु अध्यक्ष भोजराज कंडेल, महासचिब बिष्णु चालिसे, नि-बर्तमान अध्यक्ष राजु कंडेल, सदस्य सुरेस भण्डारीका साथै अन्य पदाधिकारीहरूको उपस्थितमा केन्द्रिय उपाध्यक्ष चन्द्र साहानी सम्योजक रहने गरि १३ सद्स्य र दुई सद्स्य पछि राखने गरि १५ सदस्सिय कार्य-समिती चयन गरेको छ।

पदाधिकारी निम्न अनुसार रहेको छ।

१. चन्द सहानी -संयोजक

२. दिनेस कंडेल – सचिब

३. खगेन्द्र साहानि – कोषाध्यक्ष

सदस्यहरूः

१. आसा सापकोटा

२. कृष्ण गौतम

३. ढुन्डी सापकोटा

४. राजुमान निउरे

५. पदम खत्री

६. सागर गैरे

७. टीका साहानी

८. कमला साहानी

९. अजय साहानी

१०. बम नेपाली

धन्यवाद॥