मेयर लड्न उपसचिवबाट राजीनामा दिएका भुसालले पाएनन् टिकट

काठमाडौं ।

स्थानीय तहको चुनाव २०७९ मा मेयरमा लड्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बिष्णुप्रसाद भुसालले राजीनामा दिए तर उनले टिकट पाएनन् ।

भुसालले नेपाली कांग्रेसबाट नवलपुरको देवचुली नगरपालिकाको मेयर लड्न पदबाट राजीनामा दिएका थिए । निजामाति सेवामा दुई दशक बिताएका भुसालले विकास प्रशासनमा स्नातकोत्तर गरेका छन् ।

उनले सोही नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत भएर पनि लामो समय काम गरेका छन् ।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला निकटका मानिन्छन् । सोमबार मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि भुसाललाई कांग्रेसले टिकट नदिएको हो।

‘टिकट पाइएन। राजनीति भन्ने चिज गाह्रो हुँदो रहेछ,’ भुसालले भने। उनले दिएको राजीनामा भने स्वीकृत भइसकेको छैन।