नया गीत ‘शिरफुल शिरको’ युटुबमा हिट भए पछि रबिन लामिछानेलाई धेरैपछि थपियो खुसि

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा दोहोरीका राजा भनेर चिनिने गायक तथा सर्जक रविन लामिछानेको शब्द सिर्जना रहेको नयाँ गीत शिरफूल शिरको गित गीत ‘शिरफूल शिरको’ केही दिन अघि मात्रै सार्वजनिक भएको थियो ।

पञ्चेबाजाको सो उत्कृष्ट गीतमा लय सिर्जना भने ईश्वर सिंहले गरेका छन । ईश्वर र शान्ता रानी परियारको आवाज रहेको सो गीतले भिन्न दुई स्थानका मायालु जोडिहरूका कथालाई निकै कलात्मक रुपमा उठाएको छ ।

लामिछानेको उत्कृष्ट शब्द सृर्जना रहेको गितमा मौलिकपन देखाईएको छ, पछिल्लो समय गितसंगितमा विकृति बढेसंगै मौलिकता हराऊदै गईरहेको छ तसर्थ दर्शक स्रोताहरुले यो गित मन पराउनुको कारण पनि यहि हुन्छ सक्छ । अत्यन्तै सरल र मौलिक भावमा कोरिएका गितका शब्दहरु टिकटकमा निकै भाईकल वनेका छन् । सर्जक लामिछानेको कलम फेरी जाग्यो भनेर धेरै दर्शकस्रोताहरुले टिकाटिप्पणी समेत गरिरहेका छन् ।

गीतको अडियो र भिडियो उत्कृष्ट छ । भिडियोलाई युवा निर्देशक विनोद भण्डारीले निर्देशन गरेका छन भने अभिनयमा विनोदलाई नारायणी खत्रीले साथ दिएकी छन । गीतलाई शान्ता रानी परियारको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :