काभ्रेको नमोबुद्धका मेयर आकांक्षी पाण्डेमाथि आ’क्रम’ण

काभ्रेपलाञ्चोक :

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरको दावी गरेका रोशन पाण्डेमाथि आ’क्र’म’ण भएको छ । आइतबार साँझ काँग्रेसकै अर्का आकांक्षी कुन्साङ लामाको समूहले उनीमाथि कुटपिट गरेको आरोप छ ।

कु’ट’पि’टबाट घाइते पाण्डेको शीर मेमोरियल अस्पताल, बनेपामा उपचार भइरहेको छ । घाइते पाण्डेले बताएअनुसार आइतबार साँझ बनेपा भिलेज रिसोर्टमा गठबन्धनको बैठक बसिरहेको थियो ।

‘उहाँ एक्कासी म भएतिर आउनु भयो, मैले दाइ नमस्ते भन्दै थिएँ, उहाँले केही नभनी मु’क्का हा’न्नुभयो’ पाण्डेले भने, ‘उहाँले हा’ने’पछि सँगै भएका अरुले पनि हातमा जे जे छ, त्यसले हि’र्का’ए ।’

रोशन पाण्डे काँग्रेस निकट क्रियाशील पत्रकार समेत हुन् । नमोबुद्ध नगरपालिकामा टिक वितरणबारे कांग्रेसभित्र आन्तरिक वि’वाद थियो । काभ्रे कांग्रेसमा पत्रकार समेत रहेका पाण्डे गणेश लामा पक्षधर हुन भने उनीमाथि कु’ट’पि’ट गर्ने मेयर उम्मेदवार कुन्साङ लामा तीर्थ लामा पक्षधर हुन् ।