मेडिकल माफिया भनेर चिनिएका प्रसाईं बोल्दाबोल्दै लखेटिए !

मेडिकल माफियाका रुपमा चिनिएका व्यवसायी एवं नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईँ आफ्नै गृहजिल्ला झापामा बोल्दा बोल्दै लखेटिएका छन्।

झापामा आयोजित किराँती सत्यहाङ धर्मवलम्बीहरुको कार्यक्रममा प्रसाईँ बोल्दाबोल्दै विरोध भएको हो। उनले आफ्नो व्यवसाय र समाजसेवाको दुहाईँ दिँदै भोट माग्ने हिसाबले अभिव्यक्ति दिन थालेपछि कार्यक्रममा उपस्थितहरु आक्रोशित बनेका थिए।

हल्दीबारीमा आयोजित धार्मिक कार्यक्रममा किराँती सत्यहाङमा धर्म–लाम्बीहरूका लागि भवन बनाइदिने, उपचार नपाएकाहरुलाई निशुल्क उपचार गरिदिने र सहयोग आवश्यक भए आफूलाई जतिबेला पनि सम्झन सक्ने बताउँदै थिए।

तर, स्थानीयले प्रसाईँले भोट माग्नका लागि यस्तो कुरा गरेको भन्दै विरोध जनाएका थिए। स्थानीयले चर्को विरोध गरेपछि प्रसाईँले बिचमै आफ्नो सम्बोधन सकेका थिए।

विवादित छविका प्रसाईँ केही समय अघि मात्रै नेकपा एमाले प्रवेश गरेका थिए। उनी अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीका नकिट व्यक्तिकारुपमा परिचित छन्।