आमा खुवाउने औंसीको मुखैमा आयो सबैलाइ रुवाउने रमेश शर्माको गीत ‘काखैमा लौरी’

नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका अमेरिकामा बस्दै आउनु भएका सफल सर्जक तथा कलाकार रमेश शर्माको उत्कृष्ट लोकगीत ‘काखैमा लौरी’ बजारमा आएको छ।सुमधुर स्वर भएका गायक कुशल बिश्वकर्माको एकल आवाजमा बजारमा आएको उक्त गीत एक आमा छोराको कथामा समाहित छ। रमेश शर्माले शब्द लेखेको यो गीतले सबैको आँखा रसाउछ।सामाजिक काममा समेत अगाडी रहेका रमेश हाल अमेरिकामा बसेर पनि लोक गीतलाई माथि लानको लागि निरन्तर लागि रहेका छन।

आमा खुवाउने औंसी नजिकिदै गर्दा यो गीतले आमाको काखमो प्रत्यक्ष झल्को मेटाउने देखिन्छ भने एस गीत भित्रका पात्रहरुको अभिनयले सबैको मन चस्किने देखिन्छ।दिलिप रेग्मीको उत्कृष्ट लय र थेगो रहेको गीत अहिले झझल्को डिजिटल बाट बजारमा आएको छ।

भिडियोमा सर्जक तथा कलाकार दिलिप रेग्मी,दिब्य न्यौपाने,लक्ष्मी शर्मा,चक्र साउद आदिको दमदार अभिनय देख्न सकिन्छ भने भिडियो निर्देशन दिलिप रेग्मीले नै गरेका छन।सम्पादन भने अमृत चापागाईंले गरेका छन।राम केसीको छायांकन रहेको भिडियो हेर्नुहोस :