गठबन्धनले कांग्रेसमा कलहः देशैभर राजीनामाको लहरदेखि तालाबन्दीसम्म

काठमाडौं :

स्थानीय तह निर्वाचका लागि पाँच दलीय गठबन्धन गर्दा नेपाली कांग्रेसमा तीब्र असन्तुष्टि देखिएको छ । नेपाली कांग्रेसका स्थानिय तहका नेताहरूले राजीनामा दिनेदेखि कार्यकक्षमा तालाबन्दीसम्म गरेका छन् ।

३० वैशाखमा हुन गईरहेको निर्वाचनका लागि पार्टीको विजय सुनिश्चित हुँदाहुँदै पनि गठबन्धनको नाममा अन्य दललाई नै भागवन्डामा पारिदिएको भन्दै कांग्रेसमा असन्तुष्टि बढेको हो ।

विशषतः नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीले माग नगरेका क्षेत्रमा पनि भागबण्डा गरेर कांग्रेसको संगठन कमजोर बनाएको भन्दै स्थानीय तहमा राजीनामा र तालाबन्दीको लहर चलेको छ ।

चितवन
भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रको भागमा दिने निर्णय अघि र पछि चितवन कांग्रेसले विरोध र आपत्ति जनाउँदै आएको थियो । तर, केन्द्रिय गठबन्धनले स्थानीय तहको आग्रहविपरित भरतपुर माओवादीलाई दिएपछि चितवन कांग्रेसमा बिग्रह भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निर्णयप्रति आपत्ति जनाउँदै चितवन जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा शुक्रवार तालाबन्दी गरिएको छ ।

केन्द्रीय सदस्य टेकबहादुर गुरुङ, दिनेश कोइराला, पूर्वसांसद जगन्नाथ पौडेललगायतका नेताहरूको उपस्थितिमा सो तालाबन्दी गर्दै केन्द्रिय निर्णय सच्चाउन माग गरेका छन । २ सय ५० भन्दा बढी कार्यकर्ताले सामुहिक राजिनामा दिँदै स्वतन्त्र अभियानको घोषणा गरिसकेका छन ।

जनकपुर
जनता समाजवादी पार्टीलाई जनकपुरधाम उपमहानगरपालिकाको मेयरको भागवण्डा पारेको भन्दै नगर सभापति मनोजकुमार साहसहित २ सय ५० जना भन्दा बढीले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् ।

शुक्रवार जनकपुरधारमा पत्रकार सम्मेलन गर्दै नगरसभापति साहले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिने घोषणालाई नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष विरेन्द्र यादव, जनकपुरधाम–१५ का वडा सभापति नन्दलाल साहसहितले साथ दिएका छन ।

कैलाली
कांग्रेसको नेतृत्व छाडेर अन्यलाई टिकट दिएको भन्दै कैलालीस्थित धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहित ९१ जना क्रियाशिल सदस्यले सामूहिक राजीनामाको घोषणा गरिसकेका छन् ।
नगर सभापति यज्ञराज उपाध्यायसमक्ष बुझाएको राजीनामा पत्रमा पार्टीको साधारणसमेत नरहने गरी कांग्रेस परित्याग गरी स्वतन्त्र रहन चाहेको उल्लेख छ ।

वीरगंज
वीरगंज महानगरपालिकासहित पर्साका १६ वटै स्थानीय तहमा कांग्रेस एक्लै लडने निर्णयसहित नगर समितिले पत्रकार सम्मेलनमार्फत घोषणा नै गरिसकेका छन् ।
मधेस प्रदेशको १ मात्र महानगर वीरगंज जसपा नेपाललाई दिने संकेत पाउने बितिक्किै अघिल्लो बुधवार पत्रकारसम्मेलन नै गरेर कांग्रेसले पर्सामा एक्लै चुनाव लड्ने निर्णय गरिसकेको थियो । न