रेनु दाहालले आजै राजीनामा दिने !

चितवन । गठबन्धनमा स्थानिय चुनाव जानेपछी नेपाली राजन्नीतिमा निकै उथलपुथल मच्चिएको छ। केही समय यता भरतपुरको मेयरको कुरा सबैको ध्याकार्षण छ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिने भएकी छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार राजीनामा दिन लागेकी हुन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिने तयारी गरेको उनका प्रेस संयोजक सुरेशचन्द्र अधिकारीले बताए ।

सत्तारुढ गठवन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।

यो पनि पढ्नुहोस :-

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले कांग्रेसी साथीहरुले चित्त नदुखाउनुहोला भन्दै कांग्रेसमाथि गम्भीर आरोप लगाएका छन् । सम्मानित नेता खनालले पाँच दलीय गठबन्धनको अर्को दल नेपाली कांग्रेसमाथि गम्भीर आरोप लगाएका हुन्।

गृहजिल्ला इलाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रमुख सत्तारुढ कांग्रेसले सबै सरकारी उद्योग कलकारखाना बेचेर खाएको आरोप लगाएका हुन्।

पहिला पञ्चायतकालमा कृषि औजार कारखाना थियो नि१ त्यसलाई पनि कांग्रेसको सरकारले समाप्त गरिहाल्यो। कांग्रेसलाई सरकारी उद्योग देख्नै नहुने रहेछु, उनले भने, कांग्रेसका साथीहरुले मन नदुखाउनु होला, तपाईँहरुका नेताले गरेको त्यो भयानक गल्ती थियो।

कांग्रेसको सरकारले इँटा कारखानादेखि कागज कारखाना पनि निजीकरण गर्ने नाममा बेचेर खाएको दाबी गरेका छन्। राणाकालका हाम्रा पुर्खालाई सम्झिनु त त्यो बेला विदेशबाट कपडा आउँदैन थिए। खाडीका कपडा नेपालमा उत्पादन हुन्थे।

हाम्रा हजुरबाहरूले लगाउनुहुन्थ्योु, उनले भने, विदेशी कारखानाका कपडा व्यापक बनाउने अनि यहाँका समाप्त गर्ने काम भएको छ।
हामी गरिब होइनौँ, हामीलाई गरिब बनाइयो। हामी जलस्रोत र खानीसहितमा पनि धनी छौँ, संस्कृतिमा पनि धनी छौँ।

उनले नेपालको विकास गर्न कठिन नभएको पनि बताए। तर यो देशले भिजन भएको दूरदृष्टि भएको नेता पाएन। जतिसुकै उचाइमा पुगे पनि उसले भ्रष्टाचार नगरोस्, त्यस्तो नेता चाहिन्छ, उनले भने, निजी स्कुललाई पनि विस्तारै सार्वजनिक बनाउँदै लानुपर्छ।

उनले पाँच दलीय गठबन्धन केपी ओली नेतृत्वको सरकारले संविधान च्यातेपछि बनाइएको बताए। लोकतन्त्र र गणतन्त्रमाथि खतरा भएकाले पाँच दलीय गठबन्धन बनाएका हौँ।

स्थिर सरकारले देशलाई अस्थिरतातिर लगेको हो, उनले भने, हामीले त्यही भएर हाम्रै पार्टीमा विद्रोह ग¥यौँ। ओलीले संविधान कुल्चिएर पटकपटक संसद भंग गरिदिए। वामपन्थीहरूको दुईतिहाइ भएको सरकारलाई बिगारे अनि हामीले नयाँ बाटो रोज्यौं।