कांग्रेसी साथीहरुले चित्त नदुखाउनु होला भन्दै झलनाथ खनालले भन्नुसम्म भने, निहुरियो सबै कांग्रेसीको शिर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले कांग्रेसी साथीहरुले चित्त नदुखाउनुहोला भन्दै कांग्रेसमाथि गम्भीर आरोप लगाएका छन् । सम्मानित नेता खनालले पाँच दलीय गठबन्धनको अर्को दल नेपाली कांग्रेसमाथि गम्भीर आरोप लगाएका हुन्।

गृहजिल्ला इलाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रमुख सत्तारुढ कांग्रेसले सबै सरकारी उद्योग कलकारखाना बेचेर खाएको आरोप लगाएका हुन्।

पहिला पञ्चायतकालमा कृषि औजार कारखाना थियो नि१ त्यसलाई पनि कांग्रेसको सरकारले समाप्त गरिहाल्यो। कांग्रेसलाई सरकारी उद्योग देख्नै नहुने रहेछु, उनले भने, कांग्रेसका साथीहरुले मन नदुखाउनु होला, तपाईँहरुका नेताले गरेको त्यो भयानक गल्ती थियो।

कांग्रेसको सरकारले इँटा कारखानादेखि कागज कारखाना पनि निजीकरण गर्ने नाममा बेचेर खाएको दाबी गरेका छन्। राणाकालका हाम्रा पुर्खालाई सम्झिनु त त्यो बेला विदेशबाट कपडा आउँदैन थिए। खाडीका कपडा नेपालमा उत्पादन हुन्थे।

हाम्रा हजुरबाहरूले लगाउनुहुन्थ्योु, उनले भने, विदेशी कारखानाका कपडा व्यापक बनाउने अनि यहाँका समाप्त गर्ने काम भएको छ।
हामी गरिब होइनौँ, हामीलाई गरिब बनाइयो। हामी जलस्रोत र खानीसहितमा पनि धनी छौँ, संस्कृतिमा पनि धनी छौँ।

उनले नेपालको विकास गर्न कठिन नभएको पनि बताए। तर यो देशले भिजन भएको दूरदृष्टि भएको नेता पाएन। जतिसुकै उचाइमा पुगे पनि उसले भ्रष्टाचार नगरोस्, त्यस्तो नेता चाहिन्छ, उनले भने, निजी स्कुललाई पनि विस्तारै सार्वजनिक बनाउँदै लानुपर्छ।

उनले पाँच दलीय गठबन्धन केपी ओली नेतृत्वको सरकारले संविधान च्यातेपछि बनाइएको बताए। लोकतन्त्र र गणतन्त्रमाथि खतरा भएकाले पाँच दलीय गठबन्धन बनाएका हौँ।

स्थिर सरकारले देशलाई अस्थिरतातिर लगेको हो, उनले भने, हामीले त्यही भएर हाम्रै पार्टीमा विद्रोह ग¥यौँ। ओलीले संविधान कुल्चिएर पटकपटक संसद भंग गरिदिए। वामपन्थीहरूको दुईतिहाइ भएको सरकारलाई बिगारे अनि हामीले नयाँ बाटो रोज्यौं।