पिडित गायिकाका बाबुले बयान फिर्ता लिंदै भने : पल शाह निर्दोष छन्, हामी बाट गल्ति भयो

काठमाडौं ।

अभिनेता पल शाहीविरुद्द कर णीको आरोपमा जाहेरी दिएका पीडित नाबालिगका बुवाले पनि अदालतमा बयान फेरेका छन् । जिल्ला अदालत तनहुँमा आज बकपत्र गर्ने क्रममा उनले आफूले दिएको जाहेरीमा उल्लेखित विवरण सत्य नभएको बताएका हुन् ।

पीडित भनिएकी नाबालिग गायिका होस्टाइल भएपछि उनले आइतबार अदालतमा बयान फेरेकी थिइन् । उनले अरूको उक्साहटमा आफूले झूटो जाहेरी दिएको बताएकी छन् । आज उनका बुवाले पनि त्यस्तै ब्यहोराको बकपत्र गरेका हुन् ।

तनहुँ जिल्ला अदालतमा भएको बकपत्रमा पीडितका बुबाले आफूले सुनेको भरमा जाहेरी दिएको बयान गरेको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताए।

‘जाहेरवाला पीडितका बुबाले पनि पहिलेभन्दा अलि फरक व्यहोराको बकपत्र लेखाए,’ जिल्ला न्यायाधिवक्ता शर्माले भने, ‘जाहेरीमा सहीछाप आफ्नै हो भने तर छोरीलाई कर णी गरेको सुनेको भरमा अरुको उक्साहटमा जाहेरी गरेको, आफूले देखेको चाहिँ होइन भन्ने खालको बयान दिए।’

बालिकाका बुवाले पनि छोरीमाथि कर णी नभएको तर विभिन्न व्यक्ति तथा संस्थाको उक्साहटमा जाहेरी दिएको होस्टाइल बयान दिएका छन् । उनले आफूलाई प्रलोभनमा पारेर जाहेरी दिन लगाएको पनि बताएका छन् ।

‘जाहेरी मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको हो, त्यसमा शंका छैन,’ पीडितका बाबुको बकपत्र उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो । घटना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।’

जिल्ला अदालत स्रोतका अनुसार केही दिनदेखि नै पीडितका बाबुले नजिकका मानिसहरुसँगको कुराकानीका क्रममा बयान फेर्ने संकेत गरेका थिए । ‘त्यो केटालाई १२ वर्ष थुनाएर हामीले के पाउछौं र भनेर उहाँले बारम्बार भन्नुभएको थियो,’ अदालत स्रोतले भन्यो, ‘कसैलाई दुःख दिएर हामीलाई शान्ति हुँदैन, समाधानतिर जानुपर्छ भन्नुहुन्थ्यो ।’

बकपत्रको ब्यहोरा उद्धृत गर्दै उनले भने, ‘म स्वयम्लाई सामाजिक सञ्जालहरूमार्फत द’बाबमा पारेर झूटो जाहेरी दिन लगाइएको थियो । त्यो कुरा मैले पछि मात्रै थाहा पाएँ । जाहेरीमा भएको जस्तो वारदात केही भएको होइन ।’

‘पीडित’ का बुवाले आफूलाई द’बाब दिएको भनेर केही व्यक्तिहरूको नामसमेत लिएका छन् ।

अधिवक्ता वाग्लेले अभिनेता पललाई अदालतले सफाइ दिन सक्ने सम्भावना बढेको बताए । यद्यपि, बकपत्रभन्दा बाहेक भौतिक प्रमाणलाई हेरेर न्यायाधीशले निर्णय लिन सक्ने उनको स्वीकारोक्ति छ ।

‘अदालतले भौतिक प्रमाणलाई आधार बनाएर पनि न्याय निरूपण गर्न सक्छ । तर यो मुद्दामा भौतिक प्रमाण पर्याप्त छैनन् । जबरजस्ती कर णी भएको थियो भने केटा र केटीबीच झ’ग’डा हुने, एकले अर्कालाई पि’ट्ने, कराउने, लुगा च्या’ति’ने आदि हुनुपर्थ्यो । त्यस्तो नभएको हुँदा अदालतले हाम्रो पक्षमा फैसला गर्ने आशा छ,’ उनले भने ।

वाग्लेले भौतिक प्रमाण नभएको दाबी गरे पनि पल स्वयम्ले गायिकासँग स’म्ब’न्ध राखेको स्वीकारोक्तिको अडियो अदालतमा सुरक्षित छ । उक्त अडिओमा भएको आवाज पलकै भएको पुष्टि भइसकेको छ ।

के थियो बुबाको जाहेरीमा?

नाबालिग गायिकाका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा दिएको जाहेरीमा विगत तीन महिनादेखि छोरीले काममा मन नलगाएर एकोहोरो बस्न थालेपछि त्यसको कारण खोतल्दै जाँदा पल शाहले देखावटी मायाप्रेमको बहाना गर्दै कर णी गरेको आरोप लगाइएको छ।

पलले ती नाबालिग गायिकासँग विभिन्न गीतको सुटिङ गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकिएपछि राति होटलमा बास बस्ने क्रममा कर णी गर्न खोजेको आरोप पनि जाहेरीमा उल्लेख छ।

पीडितका बुबाले दिएको जाहेरीमा पलले ०७७ चैत ३१ गते बागलुङको गलकोट महोत्सव जाने–आउने क्रममा ती नाबालिगमाथि गाडीमा सँगै बसेर यात्रा गर्ने क्रममा सं’वे’दन’शी’ल अं’ग च’ला’उने, जिस्काउने, समात्नेजस्ता कार्य गरेको समेत उल्लेख छ। जाहेरीमा उल्लेख भएअनुसार त्यतिबेला उक्त यात्रामा पलसँगै कलाकारहरु दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाई, कृष्ण जोशी पनि थिए।

त्यसपछि गत वैशाख १४ गते पोखराको एक घरमा रहेका बेला पलले म’दि’राको तालमा ती नाबालिग बसेको कोठामा गएर ललाईफकाइ ‘बिहे गर्छु, धोका दिन्न’ भन्ने विश्वास दिलाई असहमति हुँदाहुँदै कर णी गरेको आरोप पनि जाहेरीमा लगाइएको थियो।