पालुङ्टार नगर कमिटीको वाइसीएल नेपालको संयोजकमा रमेश भट्ट निर्वाचित

गोरखा– लामो समय राजनीतिमा होमिएर पालुङ्गटारको भूगोलमा आफ्नो राम्रो छवि बनाएका रमेश भट्ट यति बेला वाइसीएल नेपाल पालुङ्गटार नगर कमिटीको संयोजकमा निर्वाचित हुनुभएको छ । आज बसेको नगर कमिटिको वाइसीएल नेपालको बैठकले उहाँलाई संयोजकको जिम्मेवारी दिएको हो ।

उक्त बैठकमा वाइसीएल नेपालको केन्द्रिय सदस्य तथा प्रदेश संयोजक सुदिप नगरकोटी लगायत अन्य माओवादी केन्द निकट नेताहरु उपस्थित थिए ।

आज बसेको बैठकबाट रमेश भट्टको संयोजकत्वमा ६५ सदस्य नगर कमिटी गठन गरको छ ।