सिरानचोक गाउँपालिका अध्यक्षमा उद्धव गुरुङको दाबेदारी

गोरखा, ५ बैशाख । गोरखाको सिरानचोक गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट तीन जनाको नाम सिफारिस भएको छ । गाउँपालिका अध्यक्षमा पदमा नवराज पुडासैनी ‘गुराँस’, उद्धव गुरुङ र शम्भु ढकालको नाम सिफारिस गरिएको छ  । माओवादी केन्द्र सिरानचोक गाउँपालिकाको आइतवार बसेको बैठकले अध्यक्षमा तीन जनासहित उपाध्यक्षमा चार जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । उपाध्यक्षमा पूर्ण कुमारी ढकाल, मिना अधिकारी ढकाल, बिमला गुरुङ्ग र लक्ष्मी रम्तेल रहेका छन् ।

पछिल्लो समय उद्धव गुरुङ अध्यक्षको टिकट पाउन कुराको निकै चर्चा चलेको छ । राजनैतिक जीवनलाई नै आफ्नो जीवन सम्झिएर अघि बढेका गुरुङले आफ्नो दाबेदार दिँदा सिरानचोक गाउँपालिकाका जनताहरु आशावादी छन् । प्रष्ट भिजन भएको गुरुङ जस्ता व्यक्ति अध्यक्षको टिकट पाए उनीहरुले जसरी पनि जिताउने भनेर अठोट लिएका छन् ।

को हुन् उद्धव गुरुङ ? राजनीतिमा उनको उदय कसरी भयो ?

उद्धव गुरुङ सानै उमेर देखि स्वतन्त्रप्रेमी र समाजसेवी भावनाका व्यक्ति थिए । त्यसै कारणले उनी विद्यार्थी जीवनमा नै राजनीतिमा होमिएका थिए । २०४८ सालमा परोपकार आदर्श माध्यमिक विद्यालय जौवारीको विद्यालय इकाई अखिल क्रान्तिकारीको अध्यक्ष भई आफ्नो राजनीतिमा खुट्टा राखेका थिए । विद्यालयको नेतृत्व उनको हातमा आएपछी विद्यार्थीको समस्यालाई अनुमोदन गर्दै हिडे ।

२०५१-२०५२ सालमा गोरखा क्याम्पसको स्ववियु सदस्य बनी झन् सशस्त्र तरीकाले राजनीति संगै आफ्नो अध्ययनलाई निरन्तरता दिने थाले । विद्यार्थी राजनीति संगै समाजमा रहेका विसंगति र कुरीतिको बारेमा पनि विरोध गर्दै हिडे ।

२०५०-२०५४  सालमा उनी सांस्कृतिक परिवारमा रहेर जनवादी कलाकारको भूमिका निर्वाह गरे । आफ्नो कला देखाएर समाजलाई जागुरुक गर्न उनले महत्वपूर्ण भूमिका खेले । राजतन्त्रको खुलेर विरोध गर्न थाले । आन्दोलन र विरोध कार्यक्रममा सशस्त्र तरीकाले लागे । केही समयमा नै उनलाई जेल सजाय भयो । २०५४ देखि २०५७ सालसम्म उनले देशको परिवर्तनको लागि जेल जीवन बिताए । जेल जीवनले झन् उनमा क्रान्तिकारीपनलाई झन् धेरै जागुरुक गराइदियो । तीन वर्ष जेल जीवनबाट मुक्त भएपछी उनी विचलित नभई पार्टीको सिद्वान्त र आदर्शमा हिन्दै समाजको हरेक वस्तीमा पस्न थाले । र, सबैलाई राजतन्त्रको विरोध उत्रिनु पर्छ भनेर प्रेरित गरे ।

माओवादी शान्ति सम्झौतामा आएपछी गुरुङ गोरखा काठमाडौँ गणतान्त्रीक मंचको सदस्य बनी काठमाडौँमा नै बसेर भूगोलको राजनीतिमा जोडिएका थिए । त्यसपछी २०७६-२०७८ मा गण्डकी प्रदेश सम्पर्क समन्वय समितिको सदस्य बनी आफ्नो जिम्मेवारीमा सक्रिय हुन् थाले ।

उनी त्यसपछी भूगोलको राजनीतिमा होमिए । २०७८ मङ्सिर ११ गते उनी सिरानचोक गाउँपालिकाको वरिष्ठ उपाध्याक्ष बनी आफ्नो महत्वपुर्ण जिम्मेवारी निर्वाह गर्दै आइरहेका छन् ।

उद्धव गुरुङले सिरानचोक गाउँपालिकाको अध्यक्षको टिकट पाउने र त्यहाँ जित्ने सम्भावना कति ?

लामो समयदेखि राजनीतिमा लागेका गुरुङले सिरानचोकमा आफ्नो सकारात्मक छाप छोडेका छन् । भूकम्पले हल्लाउन्दा होस् या कोभिडले  जनजीवन उथलपुथल बनाउदा होस् गुरुङले त्यस समयहरुमा सबै जनतालाई सहजीकरण हुने वातावरण सिर्जना गराइदिएका थिए ।

कुनै दीनदुखीहरुलाई गुरुङले केही कार्यहरुमा जोडेर जीविकोपार्जन गर्ने बाटो पनि बनाइदिएका छन् । केही शारीर कमजोरी भएका व्यक्ति तथा आर्थिक विपन्न व्यक्तिहरुलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध पनि गराएका छन् ।

हरेक वस्तीमा पुगी त्यो वस्तीलाई कसरी विकास गर्न सकिन्छ भन्ने कुरामा केही वर्ष देखि गुरुङले खोज गरिरहेका छन् ।

राम्रो कामको आधारले यो पटक सिरानचोक गाउँपालिको अध्यक्षको टिकट गुरुङले पाउने कुरामा कुनै दुई मत छैन । जनताको साथ रहेको गुरुङलाई टिकट पाएपछी माओवादीले मात्रै नभई हरेक नागरिकले उनलाई चुनाव लड्न मद्दत गर्ने कुरा पनि चलिरहेको छ ।

यसो हेर्दा पार्टीले टिकट दिए गुरुङलाई जनताले साथ दिने प्रबल मात्रामा देखिएको छ । टिकटको कुरामा पार्टी पनि गुरुङको पक्षमा सकारात्मक छ जस्तो देखिएको छ । पार्टी सकारात्मक भए गुरुङ नै यस पटकको सिरानचोक गाउँपालिकाको अध्यक्ष हुने निश्चय नै भएको छ ।