अर्थमन्त्री जनार्दनलाई पर्नसक्छ भयङ्कर अप्ठ्यारो, निलम्बित गभर्नर अधिकारी जुटे भयङ्कर तयारीमा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई अप्ठ्यारो पर्न सक्ने संकेत देखिएको छ । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले कडा कदम चाल्ने तयारी गरेका हुन् । सरकारले छानबिन समिति बनाएर पदमुक्त गर्ने प्रक्रिया सुरु गरेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन् । सरकारले प्रक्रिया अगाडि बढाएपछि निलम्बित गभर्नर अधिकारी यसविरुद्धको मुद्दा लिएर सर्वोच्च जान लागेका हुन् ।

नयाँ पत्रिकासँग कुरा गर्दै अधिकारीले मुद्दाको तयारीमा रहेको जानकारी दिए। उनले के मागदाबी लिएर अदालत जान लागेको भन्नेबारे भने खुलाएनन्। ‘अदालत जाने तयारीमा छु। मुद्दा तयार हुँदै छ। के मागदाबी रहन्छ भन्ने विषय मुद्दा दर्ता भएपछि सार्वजनिक हुनेछ,’ उनले भने ।

गत २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। सरकारले पदमुक्त गर्ने प्रक्रिया सुरु गरेसँगै गभर्नर अधिकारी निलम्बित भएका छन्।

आयात रोक्न खोजिएका विलासिताका वस्तुहरूको गोप्य सूची सार्वजनिक गरेको आरोप गभर्नर अधिकारीमाथि लगाइएको छ। छानबिन समितिमा डा। सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य छन्। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २२ मा सरकारले ऐनको दफा २३ बमोजिम गठन भएको जाँचबुझ समितिको सिफारिसमा गभर्नरलाई पदमुक्त गर्ने व्यवस्था छ ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले २४ चैत ०७६ मा महाप्रसाद अधिकारीलाई राष्ट्र बैंकको १७औँ गभर्नरमा नियुक्त गरेको थियो। उनको कार्यकाल अझ करिब तीन वर्ष बाँकी छ। अधिकारी निलम्बित भएसँगै सरकारले वरिष्ठ डेपुटी गभर्नर डा। निलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिएको छ ।