अमेरिकामा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको दुखद निधन, विक्षिप्त भए सबै

काठमाडौं ।

अमेरिकाको क्यालिफोर्निया राज्यमा अर्को गाडीले आफ्नो गाडीलाई ठ’क्क’र दिँ’दा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको निधन भएको छ । क्यालिफोर्निया राजमार्ग प्रहरीका अनुसार क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा उक्त घटना भएको हो । प्रहरीका अनुसार घटनास्थलमै विष्टलाई मृत घोषित गरिएको थियो भने अर्का चालक गम्भीर घाइते भएका छन् । घाइते २५ वर्षीय चालकलाई युसि डेविस मेडिकल सेन्टर(चिकित्सा केन्द्र)मा उपचारको लागि राखिएको छ ।

प्रहरीका अनुसार निधन भएका स्व बिष्ट साक्रामेन्टो शहर स्थित वुडल्याण्ड पश्चिममा उक्त घटना हुँदा घटनास्थलमै उनको निधन भएको स्व बिष्टका आफ्नै माहिला बुवा नेपालका चर्चित गायक तथा नेपालकै प्रथम पप सम्राट (पप किङ्ग) ओम बिक्रम बिष्टले ईनेप्लिजलाई बताए । वरिष्ट गायक बिष्टले उनि आफ्नो गाडीमा रातो बत्तिमा बसी रहेको समयमा अर्को गाडीले ठ’क्क’र दि’ए पछि उनि ज्यान गएको बताए । उक्त घटना गत बिहिबार अप्रिल १४ का दिन राती ११ बजे घटेको हो ।

गत बर्ष मात्र क्यालिफोर्निया आएका स्व बिष्टले आफ्नी पत्नीको गाडी हन्डा सिभिक चलाई काममा जाने क्रममा उक्त दुखद घटना घटेकोमा ज्यादै दुखि भएको भन्दै पप सम्राट बिष्टले मृत आत्माको चीर शान्तिको कामना सहित परिवार प्रति समवेदना प्रकट गरेका छन् । मृतककी आमाको नाम मुना बिष्ट हो भने हाल उहा नेपालमा बसोबास गर्ने र बाबु अनन्त बिक्रम बिष्ट १५ बर्ष देखि अमेरिकामै रहेको वरिष्ट गायक ओम बिक्रम बिष्टले जानकारी दिए ।

क्यालिफोर्निया राजमार्ग प्रहरीका अनुसार राजमार्ग १६ मा भएको उक्त दुर्घटनामा शेभ्रोलेट ईमपाला जातको गाडी ९७ राजमार्गमा जाने क्रममा स्व बिष्टको गाडीलाई ठ’क्क’र दि’एको थियो ।

प्रहरीका अनुसार ठूलो दुर्घटना हुँदा घटनास्थलमै बिष्टलाई मृतक घोषित गरिएको थियो भने अर्का चालक गम्भीर घाइते भएका छन् । २५ बर्षिय चालकलाई युसि डेविस मेडिकल सेन्टर(चिकित्सा केन्द्र)मा उपचारको लागि राखिएको छ । क्यालिफोर्निया राजमार्ग प्रहरीले दुर्घटनाको अनुसन्धान जारी राखेका छन् भने मादक पदार्थ या कुनै लागू पदार्थ सेवनबाट दुर्घटना नभएको उनीहरुको विश्वास रहेको बताएका छन् ।