बालुवाटार पुगे प्रचण्ड, देउवासँग के कुरा भयो ?

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा स्थानीय तह निर्वाचनमा तालमेलको विषयमा छलफल भएको बताइएको छ।

‘केही नगर र गाउँपालिकामा देखिएको उम्मेदवारीबारेको समस्या समाधानका लागि गम्भीर छलफल भइरहेको छ,’ एक माओवादी नेताले भने। उक्त छलफलमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि रहेका छन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि प्रचण्ड छलफलका लागि बालुवाटार पुगेका हुन्। पछिल्ला दिन चितवनको भरतपुर महानगरपालिका, कञ्चनपुर जिल्लामा कांग्रेसका नेताहरुले नै गठबन्धन स्वीकार्न नसकिने भन्दै विज्ञप्ति जारी गरिसकेका छन्।

आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने सहमति कार्यान्वयनमा जटिलता देखिएपछि त्यसको समाधानको लागि शीर्ष नेताहरुले संवाद थालेका छन्।