देशभरी राजतन्त्रको हाइहाइ भएपछि अतालिए प्रचण्ड, गणतन्त्र धरापमा परेपछी अब त यसो पो भन्न थाले !

काठमाडौं । पछिल्लो समय देशभरको राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपा नेकपाको लोकप्रियताबाट देशका प्रमुख पार्टीका शीर्ष नेताहरु अतालिएका छन् । राप्रपाको जनमत देखेर नेकपा९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दिमाग नै हल्लिएको टिप्पणी हुन थालेको हो । प्रचण्डले राजनीतिक परिवर्तन उल्ट्यान लागिएको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।

शुक्रबार आफ्नो पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले गणतन्त्र उल्ट्याउन खोजिएको भन्दै उल्ट्याउन खोज्नेहरुका विरुद्धमा जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताए । पछिल्लो समयमा देशभर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको पक्षमा लोकप्रियता बढेकोतर्फ संकेत गर्दै प्रचण्डले चिन्ता पोखेका हुन् । लिङदेनले उठाएका राजनीतिक र भ्रष्टाचार विरुद्धका मुद्दाका कारण उनको पक्षमा लहर देखिएको छ ।

कार्यक्रममा प्रचण्डले राजनीतिक परिवर्तनलाई उल्ट्याउन खोज्नेहरुका विरुद्धमा देशभरका जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताइन् । गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएको भन्दै उनले माओवादीले लडेर स्थापित गरेको अधिकार र पहिचानलाई उल्ट्याउन नदिने बताए । प्रचण्डले भने – ‘मलाई के विश्वास छ भने केही समय पहिले अलिकति कन्फ्युजन थियो, भ्रम थियो माओवादीको बारेमा । तर अहिले जतिबेला संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भयो ।

प्रतिगामी षड्यन्त्र भयो । प्रतिक्रान्ति गर्ने षड्यन्त्र भयो । त्यसका विरुद्ध हामीले संघर्ष ग¥यौँ र हामी त्यसमा सफलता प्राप्त ग¥यौँ । यसलाई उल्ट्याउन खोज्ने तत्वहरुका विरुद्ध फेरि एकचोटी जनता एकजुट हुने प्रक्रियामा अगाडी बढेको मैले महशुस गरेको छु ।’ प्रचण्डले देशलाई सामाजिक न्यायसहितको समतामुलक बनाउने अभियान माओवादीको रहेको बताए । यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब फेरि एक चुनाव हेरौँ भन्ने समय नरहेको बताएका छन् ।

राप्रपा चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले ठूला दललाई फेरि जिताएर देश बनाउन खोज्नु भनेको साँढेको टाङमुनी बाल्टी थापेर दूध आउनु जस्तै भएको बताए । ठूला भन्ने दलहरूले विदेशीको सहयोग बिना नेपाललाई बनाउन नसक्ने सोचिरहेको भन्दै उनले भने, ‘अब एक चुनाव हेरौं भन्ने समय छैन । जनता कुनै राजनैतिक दलको गोठको वस्तु होइन। साँढेको टाङमुनी बाल्टी थापेर दूध आउँछ रु’

बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न नेपालीलाई किन बाध्य बनाएको भनेर ठूला दलहरूलाई उनले प्रश्न गरेका छन् । लिङ्देनले कृषिप्रधान देश भन्ने तर किसानले पैसा तिरेर पनि मल किन्न नपाउने अवस्था आउनुमा ठूला दल नै दोषी भएको बताए । ‘नेपाली युवाले बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न किन बाध्य बनाइयो रु’, उनले प्रश्न गरे, ‘कृषिप्रधान देश भन्ने पैसा तिरेर पनि मल बीउ किन्न नपाइने रु चोरीको बाटोबाट ल्याएको मल बीउ किन्नुपर्ने रु’

कसैले उद्योग खोल्न चाह्यो भने सबै दललाई भाग छुट्याउनुपर्ने अवस्था रहेको भन्दै उनले सामान्य कर तिर्न पनि कमिसन खुवाउनुपर्ने बताए । सुकुमबासीलाई एक टुक्रा कागज दिएर दलहरूले मागी खाने भाँडो बनाएको उनको आरोप छ । ३२ वर्ष एउटै खाले विचार बोकेको दलले देश चलाउँदा सोचेजस्तो परिवर्तन नभएको उनले बताए । ‘३२ वर्षसम्म देश चलाउँदा जनताले देख्न पाउने विकास त टाढाको कुरा, बेरोजगारीको अखडा बन्यो । जसले गर्दा कतिपय गाउँमा मलामी पनि महिला नै जानुपर्छ’, उनले भने ।

उनले अब विकल्प सोच्ने बेला आएको बताए । ‘चुनावलाई ख्याल ख्याल नठानौँ’, उनले भने, ‘भोट दिनुभन्दा अगाडी हजार पटक सोच्नुस्, बाजे–बाउको पार्टी भनेर भोट नदिनुस्, ठिक पार्टी र ठिक नेता चुन्नुपर्छ ।’ गएका चुनावहरूमा ठिक पार्टी र नेता चुन्न नसक्दा देश र जनताले दुःख पाएको उनले बताए ।