माधवले बल्ल देखाए निडरता, गरे एक्लै चुनाव लड्ने घोषणा !

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुने भएकाले आपनो पार्टी अन्य दलसँग सहकार्य नभए पनि एक्लै भिड्ने बताउनुभएको छ।

एकीकृत समाजवादी कपिलवस्तुको बाणगँगा नगर कमिटिले चार नम्वर जितपुरमा शनिवार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

केपी ओलीको प्रतिगमनका विरुद्ध रहेका पाँचदल सके मिलेर निर्वाचनमा जाउँ नभए आपनो पार्टी स्थापना भएको सात महिना मात्र भए पनि एक्का एक्लै लड्नु परे पनि पछि नपर्ने बताउनुभएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिएकाले कार्यकर्तालाई सम्पूर्ण तयारीका साथ अघि बढ्न नेता नेपालले आग्रह समेत गर्नुभयो। गठबन्धनमा तिक्तता आउने गरी नबोल्नुस्, एमालेसँग कतै तालमेल हुँदैन

नेपाली कांग्रेसका प्रवक्ता डा।प्रकाशशरण महतले गठबन्धनमा तिक्तता आउने गरी बाहिर नबोल्न निर्देशन दिएका छन्। शनिवार केन्द्रीय कार्यसम्पादन समिति बैठकबारे ब्रिफिङ गर्दै प्रवक्ता महतले बाहिर बोलेर केही नहुने बताएका छन्।

महानगर र उपमहानगरको प्रमुख र उपप्रमुख टुंगो लगाउन सानेपामा कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक जारी रहेको उल्लेख गर्दै उनले छलफलबाटै निष्कर्ष निकालिने बताए। ‘मिडियामा चिच्याएर फाइदा छैन। हामी बढी छौ भन्ने कुराले तिक्तता पैदा हुन्छ,’ प्रवक्ता महतले भने, ‘सम्बन्धित नेतृत्वलाई जिम्मेवारी दिएको छ। त्यहाँ पो बोल्नपर्‍यो।’

कांग्रेसमा विभिन्न स्थानीय निकायका नेता कार्यकर्ताले तालमेल गर्न नहुने सुझाव दिन थालेपछि कांग्रेसलाई तालमेल र उम्मेद्वारी टुंगो लगाउन सकस परेको छ। तालमेल गर्न नसकिने अवस्था भएको ठाउँमा केन्द्रलाई रिपोर्ट पठाउन महतले आग्रह गरे।

‘हामीले जे कुरा गर्ने हो बैठकमा गर्ने हो। त्यसबाट निष्कर्ष गर्ने हो। जहाँ तालमेल हुन सक्दैन त्यसको रिपोर्ट गर्ने हो। बाहिर आशंका फैलाउने खालको हल्ला गरेर काम छैन,’ महतले थपे, ‘बाहिर बोलेर काम छैन। निर्णय गर्ने जिम्मेवार पाएका साथीहरुले गर्छन्।’