स्थानिय चुनावसम्म पनि नजाने भयो गठबन्धन ? भत्किने मिति नै तोकियो !

काठमाडौं । गठबन्धन गरेर आगामी निर्वाचनमा एमालेलाई हराउँछौ र केपी ओलीलाई पावर देखाइदिन्छौ भनेर लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड , नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र उनीहरुलाई साथ दिइरहेका प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापती शेरबहादुर देउवाको हिसाबले फेल खाने अवस्था देखिएको छ ।

गठबन्धनको नाममा प्रधानमन्त्री निवास बालुवाटारमा दर्जनौ बैठक भैसकेको छ , ओलीलाई गाली गर्दै देउवाले प्रचण्ड , माधव नेपाल , बावुराम भट्टराई , उपेन्द्र यादव , चित्रबहादुर केसी लगायतलाई गराएको मेजमानीको लाखाँै बिल सरकारी ढुकुटीबाट रित्तिएको छ तर भागवण्डाको मोडालिटी नमिल्दा गठबन्धनले ठोस निर्णय गर्न सकेको छैन ।

स्थानिय तहको निर्वाचन मिति नजिक आइसकेको र निर्वाचनका लागी उमेदवारी दर्ता गर्ने मिति समेत अब दश दिन मात्र बाँकी रहँदा पनि गठबन्धनले ठोस मोडालिटि बनाउँन सकेको छैन बरु जिल्ला जिल्लाबाट स्वस्फुर्त रुपमा गठबन्धन नमान्ने घोषणा गठबन्धन आवद्ध दलहरुलेनै गरिरहेको खबर बाक्लो आइरहेको छ ।

सैद्धान्तीक रुपमा शेरबहादुर देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एकजुट भएका दलहरु गठबन्धन बनाएर एमाले हराउँन र ओलीलाई देखाइदिन एकमत छन् तर व्यवहारिक रुपमा एकले अर्कालाई स्विकार नगर्ने र सबैलाई ठूलो भाग चाहिएका कारण कुरो मिल्न सकिरहेको छैन ।

उमेदवारी दर्ता गर्ने मिति दश दिन मात्रै बाँकी रहँदा भागबण्डानै नमिलेका कारण गठबन्धननै धरापमा पर्न सक्ने सम्मका आँकलनहरु पनि हुन थालेका छन् । राजनितिक दर्शनका अध्ययता एवं चर्चित राजनितिक विश्लेषक एस के तिमिल्सीनाले अबको दश दिनमानै गठबन्धन भताभुंग हुने ठोकुवा गरेका छन् ।

ओटिभी नेपाल डटकम सँगको विशेष कुराकानीमा विश्लेषक तिमिल्सीनाले भागबण्डा नमिलेकै कारण गठबन्धन भताभुंग हुने जिकिर गरेका छन् । शिर्ष नेताहरुले चियाको चुस्की लिँदै गठबन्धन गर्ने भनेर गफ दिए जती सजिलो तल्लो तह सम्म कार्यान्वयननै हुन नसक्ने जिकिर उनले गरेका छन् ।

विशेष गरि नेपाली काग्रेसलाई आकाक्षी व्यवस्थापन गर्ने गारो हुने र त्यो विद्रोहमा परिणत हुन सक्ने सम्भावना तिमिल्सीनाले नजिकबाट देखेका छन् । काग्रेसमा अहिले देउवाको शासन राणा शासन भन्दा चर्को भइरहेको भन्दै उनले शेखर कोइराला पक्ष नमज्जा सँग पिल्सीरहेको र त्यो विद्रोहमा परिणत हुन सक्ने बताए ।

काग्रेस एक्लै चुनावमा जाँदा केहि हिस्सा शेखर कोइराला पक्षले पनि पाउँने थियो तर अब काग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा एस लगायतका दललाई भाग दिँदा काग्रेसले पाउँने सिटमा देउवाले आफ्ना मान्छेलाई मात्र दिने र कोइराला पक्ष कित सहेरै बस्नु पर्ने नभए विद्रोहमा पुग्नु पर्ने उनको तर्क छ ।

एउटै पार्टीमा पनि वडा र पालिका तहमा प्रत्येकमा कम्तीमा ५ जना एउटै पदको अकाक्षी रहको भन्दै तिमिल्सीनाले त्यस्तो अवस्थाबाट अर्को पार्टीको मान्छेलाई भाग दिएर चुनाव जिताउँन हिड्ने कुरा कुनै पनि कोणबाट व्यवहारिक नभएको धारणा राखे । काग्रेसमा विद्रोह भएको अवस्थामा प्रचण्ड र माधव नेपालको पार्टीको भने कन्तविजोग हुने ठोकुवा उनले गरे ।

जसरी माथी बसेर देउवा, प्रचण्ड माधव नेपालहरुले गठबन्धन गर्ने भनेर सजिलोसँग गफ दिएका छन् तल्लो तहमा त्यसको प्रयोग त्यत्तिकै जटिल छ, भरतपुरको मात्रै कुरा हेर्ने हो भने पनि तल कस्तो अवस्था छ भन्ने प्रष्ट हुन्छ ,भरतपुर जस्तो त सबैतिर हुनेवाला छ अनी कसरी हुन्छ गठबन्धन श्र् तिमिल्सीनाले प्रश्न गरेका छन्।