माइत गएकी अनितालाई श्रीमानले छोरालाई जे पनि हुन् सक्छ भन्दै बोलाएका थिए घर !

बुटवल : रुपन्देहीको तिलोत्तमामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ ड्राइभर टोल बस्ने २९ वर्षीया अनिता क्षेत्री टण्डनको रहस्यमय मृत्यु भएको हो । उनको माइती पक्षले भने अनिताको ह’ ‘त्या भएको आरोप लगाएको छ ।

बुधबार राति सवा १० बजे घरमै अनिताको शव फेला परेको थियो । अनिताको ह’ ‘त्या भएको भन्दै माइती पक्षले प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै श्रीमान् प्रेम टण्डनलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले अनुसन्धानपछि मात्रै घटनाको वास्तविक विवरण पत्ता लाग्ने बताए । माइती पक्षले कारबाहीको माग गर्दै प्रेमको घर घेराउ गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

वि ष से’व’न गरी देहत्याग गरेको सूचना प्रहरीले राति पाएको थियो । सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट टोली ख’टिएको थियो । ‘किटनाशक वि’ष से’व’न गरेको सूचना पाएपछि प्रहरी घटनास्थल गएको थियो, यस विषयमा अनुसन्धान जारी छ, माइती पक्षले ह’ ‘त्या भएको भनिरहनुभएको छ,’ प्रहरी नायब उपरीक्षक पौडेलले भने ।

अनिताको ह’ ‘त्या भएको भन्दै बिहीबार बिहानैदेखि प्रदर्शन भइरहेको छ । प्रहरी नायब उपरीक्षक पौडेलका अनुसार माइती पक्षले जाहेरी पनि क’र्त’व्य ज्या’नमा दिएका छन् । सो जाहेरी पनि दर्ता भइसकेको पौडेलले जानकारी दिए । अमृता र प्रेम टण्डनको पाँच वर्ष अघि विवाह भएको थियो ।

पोस्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै वि’ष से’व’नबाट मृत्यु भएको हो वा के भएको हो भन्नेबारेमा थाहा हुने उनको भनाई छ । क’र्त’व्य ज्या’नमा जाहेरी दिए पनि निष्पक्ष छानबिन गरी वास्तविक तथ्य बाहिर ल्याउन प्रहरी प्रयासरत रहेको डिएसपी पौडेलले बताए ।

अनिताको शव पोस्टमार्टम गर्न बुटवलस्थित प्रादेशिक अस्पताल राखिएको छ । तर पोस्टमार्टम नभइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरपरिवारले योजना बनाएर ह’ ‘त्या गरेको अमृताका दाजु पुष्प खत्रीले आरोप लगाएका छन् । खत्रीका अनुसार पहिलादेखि नै घरायसी कामको विषयलाई लिएर घर पक्षले अनितालाई ध’म्की दिने, झ’ग’डा गर्ने र हा’त’पा’त गर्ने गरेका थिए ।

‘राति साढे ८ बजेसम्म छोरी माइतमै थिई,ज्वाईले तीन पटकसम्म फोन गरेर घर आउने भए आऊ नभए छोरालाई जे पनि हुनसक्छ भनेपछि घर गएकी हो’ सावित्राले भनिन्, ‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ, दश नबज्दै मृत्यु भएको खबर आयो ।’

छोरीलाई घरमा सासु, ससुरा, श्रीमान्ले धेरै पहिलादेखि नै गा’ली’ग’लौ’ज र या’त’ना दिंदै आएको सावित्राले बताइन् ।

अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो । पटकपटक या’त’ना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । मृतकका ५ वर्षीय छोरा छन् ।

वि’ष से’व’न गरेको भए माइती, प्रहरी र छरछिमेकलाई जानकारी गराइन्थ्यो तर त्यसो नभई योजनावद्धरुपमा ह’ ‘त्या गरेर वि’ ‘ष से’व’नको बहाना बनाएर अस्पताल पुर्‍याइएको छिमेकी कमला पोखरेलले बताइन् ।

बुधबार राति ९:३० बजे आफूलाई सामाजिक सञ्जालमार्फत दाइ मलाई बचाउनुहोस्, मलाई यहाँबाट निकाल्न सहयोग गर्नुहोस् भन्दै एसएमएस गरेको समेत खत्रीले बताएका छन् ।