समाजसेवी तथा युवा ब्यबसायी राजु कंडेलको लोक दोहोरी गीत गण्डकीमा शान्ति श्री परियार र चेतन घर्ति मगर

नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका जापानमा बसेर पनि संघर्षरत लोकप्रिय गायक चेतन घर्ति मगर र शान्ति श्री परियारको सुमधुर आवाजमा लोकदोहोरी गीत’गण्डकी’बजारमा आएको छ।लोकगीत संगीतमा आफुलाई लोक पाराखीको रुपमा लिदै आएका घर्तिले निरन्तर आफ्नो आवाजमा नया नया गीतहरु गाउँदै आएका छन।प्राय सफल गीतहरुमा आवाज दिएका घर्तीको लागि यो अर्को बहुप्रतिक्षित लोकदोहोरी गीत रहेको छ।

गीतमा बरिष्ठ लोक दोहोरी सर्जक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजिको उत्कृष्ट शब्द रहेको छ भने लय स्वयम् गायक चेतन घर्ति मगरले गरेका छन।माउन्टेन रोधीघरले बजारमा ल्याएको उक्त गीतको प्रस्तोतकर्ता भने जापानमा बसेर पनि नेपालीहरुलाई समाजसेवीको भूमिकाबाट हर समय सहयोग गर्दै आउनु भएका समाजसेवी तथा सफल ब्यबसायी राजु कंडेल रहेका छन।

गीतमा चर्चित मोडल रिना थापा र टिकटक स्टार बिजय पुनको दमदार अभिनय देख्न सकिन्छ भने भिडियो निर्देशन राजकुमार मगरले गरेका छन।राजकुमार मगरकै सम्पादन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ।गीतको सम्पूर्ण पार्ट निकै उत्कृष्ट बनेको छ।गीतको टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ।भिडियो हेरौ :