फिर्केले यसरी दशै माने, भगेरीको घरमा रुवाबासी … … (भिडियोसहित)

चैते दशैमा सबैको घरमा मिठो खानेकुरा खाने र आफन्त भेटघाट गर्ने काम हुन्छ,त्यसो त सामाजिक हैसियत राम्रो भएको भगेरीको घरमा पनि दशैको मासु नपाकेको कहॉ हो र ? रविनाले खसीको मासु पकाइन् र आमालाइ खान बोलाउन गइन ।

उता आत्मा हत्या गर्न जॉदा आकाशबाणी भएर जसरी पनि यो संसारमा बॉच्ने दृढतासाथ घर फर्केका फिर्केको घरमा केहि खानेकुरा नभए पछि गाउ चार्न थाल्छ र भगेरीको घरमा पाकेको मासुको बास्नाले रोकिन्छ ,बिचार गर्छ र पाकेको मासु भात चोरेर आफ्नै घरमा ल्याएर खादै गर्दा रबिनाले देख्छे अनि शुरुहुन्छ फिर्केको दर्दशा ।

यसरी गरिबीले फिर्केलाइ चोर बनाएको एकातिर छ भने अर्कोतिर मदनले चैते दशैको उपलक्ष्यमा अम्बिकालाइ उपहार दिन लाग्दा बाउ भिमेले देखेपछीको दृष्य अत्यन्तै मार्मिक छ ! यस्तै यस्तै समसामयीक घटनामा आधारीत दृष्यहरु हेर्नकोलागी सररियल शुरुदेखी हेर्नै पर्ने हुन्छ ।

फिर्केले जनमानसमा राम्रो चेतना फैलाउदै आएको र आगामी दिनहरुमा दर्शकको सल्लाह सुझाव आनुसार झन राम्रो कथाको साथ दर्शक सामु ल्याउन लागेको निर्देशक कपिल देबकोटा बताउछन् ।

गरिबीले मानिसलाइ कसरी आत्मा हत्या गर्न बाध्य गराउछ ; समाजको एउटा सोझो मान्छे कसरी चोर र मुर्ख सम्म हुन्छ भन्ने रमाइलो तरिकाले बुझ्नकोलागी फिर्के हेर्नुहुन सम्पुर्ण दाजुभाइ दिदि बहिनी आमाबुवामा फिर्के टिमले अनुरोध गरेको छ ।