चर्चाको केन्द्रमा रहेका राजेन्द्र लिङदेनको नाम किन जोडियो २५ करोडसँग ?

काठमाडौं । वरिष्ठ अधिवक्ता एवं नेपालका लागि नेपाली पार्टी अध्यक्ष बालकृष्ण न्यौपानेले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनमाथि सुनेको भन्दै गम्भीर आरोप लगाएका छन् । न्यौपानेले लिङ्देनले एउटा संसद पद २५ करोडमा बिक्री गरेको सुनेको आरोप लगाएका हुन् । उनले एभरेष्ट नेपाल युट्युव च्यानलमा समसामयिक राजनीतिक विषयमा अन्तवार्ता दिने क्रममा यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेस, माओवादी, एमाले र राप्रपाबिच केही फरक छ भन्ने पश्न समेत गरे । राजेन्द्र लिङदेन पनि कमल थापा कै पथमा रहेको र हिन्दु राष्ट्र र राजाप्रतिको भोट ल्याएर व्यापार गर्ने दाबी गरेका छन् । निर्वाचनबाट हिन्दु राष्ट्र र राजसंस्था नआउने बरु आन्दोलनमा सहभागि हुन न्यौपानले राजेन्द्र लिङदेनलाई आग्रह समेत गरेका छन् । उनले भने– ‘प्रचण्डले संसदबाट जनबाद आउँछ भन्नु र राजेन्द्र लिङदेनले संसदबाट हिन्दु धर्म र राजा ल्याउँछु भन्नु एउटै धन्दा हो । त्यो कुरो हामी प्रस्ट पार्छौ ।

उनले भने– ‘उहाँ राजेन्द्र लिङदेन ठ्याकै पञ्च ‘फरमुला’मा हुनुहन्छ । हामी राजेगारका लागि राजनीति गर्या होइन, उहाँहरु चाहि राजेगारका लागि राजनीति, मेरो व्यवसाय छ, उहाँ राजेन्द्र लिङदेनको के व्यवसाय छ देखाउनुस् । कहाँबाट आयो यो तामझाम वाला रु जनताले हिसाब खोज्नु नपर्ने रु प्रश्न गर्दै उनले भने– ‘म सुन्दैछु संसद बेच्न थालिसक्नु भयो अरे १ एउटा मान्छेले संसद बेचे बापत पाँच्चिस करोड रुपौया दिएको छ अरे १ त्यहि पैसाको तामझाम हो ।

भनेपछि माओवादी, कांग्रेस, एमाले र राप्रपामा के फरक रु फरक त देखिनु पर्यो नि केही १ त्यसैले हामीले यहि पश्न उठाको हो उहाँ राजेन्द्र लिङदेनसँग केही छैन् । मलाई देशको चिन्ता हो । कमल थापाको पथमा गएर फेरि नेपाली जनतालाई नअलमल्याउनु त्यति मात्र हो ।’

बालकृष्ण न्यौपानेकै शब्दमा– ‘बहुदल, गणतन्त्र, धर्मनिरपेक्षा आन्दोलनबाट आयो । अब राजेन्द्र लिङदेनले चाहि कमल थापाको पथमा गएर हिन्दु धर्मको र राजाप्रतिको भोट ल्याएर फेरि व्यापार गर्ने भए । कमल थापाले व्यापार गरे–गरे–गरे जन्दिगी भरि दरबारले उठाँको कमल थापा दरबारलाई ‘पिसाब’ फेरेर हिडिदिए ३ करोड पैसा पनि खाको रैछ ।

त्यहि पथमा राजेन्द्र लिङदेन, छुट्टै लाइनमा हिने, अझ पनि हामी उहाँ ९राजेन्द्र लिङदेन०लाई ‘कन्भिन्स’ गर्दर्छौ आउनुस् आन्दोलनमा । आन्दोनल बेगर यो व्यवस्था ‘गणतन्त्र’ बिदा हुन् सक्दैन् । तपाई दुई तिहाई ल्याएर यो संबिधानबाट चाहि संशोधन गरेर राजा र धर्म ल्याउछु भन्नु– ‘यो आकाशमा कुखुरा पालेर यो कुखुराले अण्डा पारिदिन्छ अनि तपाई म रोष्ट खुवाउँछु, अम्लेट खुवाउँछु र जनतालाई बेकुप बनाउँनु जुन बेकुप प्रचण्डले बनाइसके ।

प्रचण्डले संसदबाट ‘जनवाद’ आउँछ भन्नु र राजेन्द्र लिङदेनले संसदबाट हिन्दु धर्म र राजा ल्याउँछु भन्नु एउटै धन्दा हो । त्यो कुरो हामी प्रस्ट पार्छौ । हामी आन्दोलनमा छौं, यो निर्वाचन हेर्न दिनुस् न यसले एउटा परिणम देखाउँछ नि त दलको पक्षमा छ कि छैन मान्छे भन्ने देखिन्छ नि ? अब आन्दोलनका लागि समस्या के छ भने एउटा भर वाला शक्ति चाहिन्छ ।