दम्भ देखाउने ओली भए एक्लै, छोडे युवाहरुले साथ गरे माओवादीमा प्रवेश

भक्तपर ।

राष्ट्रिय युवा संघ नेपाल भक्तपुरका जिल्ला सदस्य अमृत सिलवाल माओवादी केन्द्र प्रवेश गरेका छन् ।

सिलवालको नेतृत्वमा भक्तपुर सूर्यबिनायक नगरपालिकामा एमालेको राजनीति गर्दै आएका ३० भन्दा बढी एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको वाईसिएल नेपाल भक्तपुरका जिल्ला संयोजक नरेश रञ्जीतले बताए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रं) का केन्द्रीय सदस्य एवम् भक्तपुर जिल्ला ईन्चार्ज दिलीप कुमार प्रजापतिको प्रमुख आथित्यतामा आयोजित एक कार्यक्रममा सिलवाललगायतका एमाले कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका हुन ।

उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य डिपी ढकाल, पार्टी जिल्ला संयोजक सुनिल गोथे, जिल्ला सचिब दिलकृष्ण तज, पार्टी बागमति प्रदेश सदस्य एवम् वाईसिएल नेपाल भक्तपुर जिल्ला ईन्चार्ज दिनेश थपलिया, बागमती प्रदेश सदस्य कल्पदिप राईलगायतको उपस्थिति रहेको थियो ।

बालकोट युवा क्लबका अध्यक्ष समेत रहेका सिलवालको नेतृत्वमा ३० जना भन्दा युवाहरुलाई माओवादी केन्द्रका भक्तपुर जिल्ला इन्चार्ज प्रजापतिले अविर तथा माला लगाएर स्वागत गरेका थिए ।